Websoft University

www.radiomakalu.com || 021-522512


एमाले र माओवादीबीच पर्दापछाडि गोप्य सहमति’

काठमाडौँ , जेष्ठ २१ गते । वीरगन्जः नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बन्द हड्ताल गरेर सडकमा तमासा नदेखाउन मधेसी दलहरुलाई चेतावनी दिएका छन् । 



प्रेस चौतारी नेपाल पर्सा शाखाले बिहीबार वीरगन्जमा गरेको चौतारीका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुको सम्मान कार्यक्रममा बोल्दै नेता नेपालले सडकमा तागत देखाएर कुनै उपलब्धि नहुने बताए ।


‘बन्द हड्ताल र तमासा प्रदर्शन गर्ने कार्य बन्द गर्नुस्’, मधेसी दलहरुलाई लक्षित गर्दै नेता नेपालले भने, ‘कार्यकर्ताहरुलाई राजनीतिक संस्कार सिकाउनुस् ।’

उनले अबको ध्यान मुलुकको विकासमा केन्द्रित हुनु पर्ने बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको ९ बुँदे सहमतिबाहेक पछाडि विभिन्न सहमति भएको उनले स्वीकारे ।

के–के सहमति भएको भन्ने खुलाउन नचाहे पनि नेता नेपालले भने, ‘समयक्रमसँगै पर्दा पछाडि भएका सहमतिहरु पनि बाहिर आउँछन् ।’

उनले बिजुलीको प्रयाप्तताबिना चुच्चे रेल सपना मात्रै भएको टिप्पणी गरे । नेता नेपालले कांग्रेस र मधेसवादी दलहरुलाई राष्ट्रिय सहमतिको सरकारमा आउन आग्रह पनि गरे ।

बजेटबारे प्रतिक्रिया दिँदै उनले बजेटले सांसद, कर्मचारी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, गाँउ र सहर सबै बजेटबाट खुसी भएको दाबी गरे ।

तराई मधेसको विकासका लागि प्रयाप्त बजेट विनियोजन भएको बताउँदै उनले बजेटले नेपालको आर्थिक क्रियाकलाप बढाउने, रोजगारी प्रवद्र्धन गर्ने र स्वदेशी तथा विदेशी लगानी परिचालनमा भूमिका खेल्ने दावी समेत गरे ।

वीरगन्ज शहर, विकासमा पछाडी परेको भन्दै उनले चिन्ता पनि व्यक्त गरे । एमाले नेता नेपालले विकासको मुख्य पूर्वाधार मानिने सडक फराकिलो पार्ने कार्यमा वीरगन्ज पछाडि परेको बताए ।

‘अरु शहरका सडकहरु फराकिलो भइसकेका छन्, बाटो समयमा फराकिलो नभए वीरगन्ज नाका सुक्न सक्छ’, उनले भने ‘यहाँको विकासका लागि यहीँका जनता तात्नुपर्छ । अन्यथा वीरगञ्ज नाकाको स्थान अरु नै ठाँउले लिइदिन सक्छ ।’

प्रेस चौतारी नेपाल पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, लेखा समितिका सदस्य केसी लामिछाने, केन्द्रीय सदस्य बृजलाल पासवान र एमाले सर्मथित कर्मचारी संगठनका अगुवा नेताहरुलाई सम्मान गरिएको थियो । 


annapurnapost.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget