Websoft University

www.radiomakalu.com || 021-522512


‘मिसेस साउथ एसिया क्यानडा’ मा नेपाली अनुहार

नडा– झन्डै एक दशकदेखि क्यानडा रहँदै आएकी नेपाली चेली सारा मकुची ‘खनाल‘ यतिबेला एक ‘ब्युटी प्रिजिएन्ट’ प्रतियोगिताको तयारीमा जुटिरहेकी छिन् । रागा मोडल एण्ड रागा प्रोडक्सनले गर्न लागेको ‘मिसेस साउथ एसिया क्यानडा’ मा सहभागी हुन लागेकी सारा यो प्रतियोगिता टाइटल जित्ने सपनासहित आफ्नो तयारीमा व्यस्त छिन् ।
sara

साउथ एसियाका महिला मात्रा सहभागी हुन पाउने यस प्रतियोगितामा नेपालीको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिती जनाउने छिन् । यो सौन्दर्य प्रतियोगिता भएपनि साउथ एसिएन कल्चर, सिग्निफिकेन्ट हेरिटेजलगायतका बिषयमा समेत सहभागीहरुलाई प्रश्न सोधिने छ प्रतियोगीको क्षमता, आत्मविश्वास, व्यक्तित्वका आधारमा बिजेता छानिनेछ ।

जुलाई २३ मा क्यानडाको ब्राम्टोनस्थित रोज थियटरमा हुने यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिति जनाउनु नेपाल र नेपालीको लागि गौरव बिषय बनेको छ । यो अवसरलाई सफलतामा बदल्दै प्रतियोगिता आफू विजय हुने आशासहित फाइनल चरणको तयारीमा जुटिरहेको सारा बताउँछिन् ।

यस प्रतियोगितामा उत्कृष्ट महत्वपूर्ण अवार्ड ‘पिपुल्स च्वाईस अवार्ड’ पनि राखिएको छ यो अवार्डमा जिताउनका लागि फेसबूक प्रयोगकर्ताले आफ्नो फेसबूकमा गई यो लिकंमाhttps://www.facebook.com/Shara-Micucci-For-Mrs-South-Asia-Canada-2016-786830254781592/?fref=photo लाइक गरी सहयोग पुर्याउन साराले आग्रह गरेकी छिन् ।

१० बर्ष अगाडी पढाईको शिलशिलामा क्यानडा आएकी सारा एक सफल ब्यूटिसियन व्यवसायी पनि हुन् उनको क्यानडामा आफ्नै व्यवसाय छ । -गोकर्ण लामिछाने

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget