Websoft University

www.radiomakalu.com || 021-522512


युरोकपमा आयोजक फ्रान्सको विजयी शुरुवात


काठमाडौं , जेष्ठ २९ गते ।   युरोकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियालाई पराजित गरेको छ। 
 
उत्तर पेरिसमा शनिबार बिहान भएको समूह 'ए' को खेलमा फ्रान्सलाई जित दिलाउन इङ्लिस क्लब वेस्टह्यामका दिमित्री पएट नायक सावित भए। 
 
लाखौं घरेलु समर्थकको हौसला पाएको फ्रान्सले पहिलो हाफमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । तर, उसले जितका लागि चाहिने गोल दोस्रो हाफमा गर्न सफल भयो। 
पहिलो हाफ गोलरहित बराबरी भएको अवस्थामा दोस्रो हाफमा आर्सनलका ओलिभर जिराउडल दिमित्री पोएटको पासमा गोल गर्न सफल भए। 
उलने खेलको ५७ औं मिनेटमा गोल गर्दै गत नोभेम्बरमा पेरिस आक्रमण झेलेका फ्रान्ससेली फुटबल प्रेमीलाई खुसी दिलाए। 
तर, त्यसको आठ मिनेट नबित्दै रोमानियाका लागि स्ट्राइकिङ र विङ्गरमा जम्न सक्ने बोक्दान स्टनकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 
 
बराबरी भएपछि दुबै टोली जितको खोजीमा रहेका बेला बाजी मार्यो फ्रान्सले । यस पटक गोल गर्ने पालो थियो, पहिलो गोलका लागि पास दिलाइदिएका पोएटको । 
खेलको ८९ औं मिनेटमा एकल प्रयासमा पोएटले रोमानियाको डी बक्स भन्दा बाहिरबाट प्रहार गरेको लामो दुरीको बलले जाली चुमेपछि फ्रान्स जितको हकदार भयो।
 


















 - अन्नपूर्ण पोस्टबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget