Websoft University

www.radiomakalu.com || 021-522512


किन हुन्छ बजेटमा वृद्धभत्ताको राजनीति ?

ज्येष्ठनागरिकका पक्षमा बोलिदिने को ?
gokarna

बुढ्यौली कहिले सुरु हुन्छ र कहिले अन्त हुन्छ यसको कुनै मापदण्ड छैन । जीवन कुनै स्थिर विन्दुमा अड्किएर जाम पनि हुँदैन । यो निरन्तरको प्रकृया हो । बुढाबुढी हुनु जीवनको शाश्वत सत्य हो । उसो त बुढ्यौली आपैmमा सफलताको कथा र अनुभवको गाथा पनि हो तर सहरीकरण, प्रवासन, सामाजिक सांस्कृतिक परिवर्तनका कारण ज्येष्ठनागरिकले एक्लोपना, लघुताभास, बहिष्करण, शक्तिहीनता र समाजिक भारको रुपमा आफूलाई लिँदैछन् । विश्वमै वृद्धहरुको सङ्ख्या बढ्दै जाँदा आगामी दिनहरुमा कसरी उनीहरुको ज्ञान, सीप र अनुभवबाट सिक्ने भनी उनीहरुको पालन पोषणसम्बन्धी नयाँ आयामहरु खोजिँदै छन् । तर विडम्बना नेपाली ज्येष्ठनागरिकहरु सडकमा लाम लागेर आन्दोलन गर्दा गर्दै प्राण छोड्नुपरेको छ । आश्चर्य को कुरा के लाग्छ भने नेपालका अधिकांश प्रधानमन्त्री तथा मन्त्रीहरु, नीतिनिर्माताहरु आफैमा तीन बीस उमेर कटाइसकेका छन् तर उनीहरु किन सोच्दैनन् वृद्धवृद्धाहरुलाई ? किन गरिन्छ राजनीति वृद्ध भत्ताका नामामा हरेक बजेटमा ? किन भजाइन्छ सामाजिक सुरक्षाका आयामलई झिनो पैसामा ?
ज्येष्ठनागरिक कुनै हेय र दयाका पात्र होइनन् । उनीहरुलाई नसमेटिकन
गरिने विकास दिगो हुनै सक्दैन । तर यो शाश्वत सत्यलाइ हृदयङ्गम गर्न सक्ने पुस्ता क्रमशः संसारमा हराउँदै गएको छ ।

कस्तो छ अहिले ज्येष्ठनागरिकको सामाजिक अवस्था ?

विश्व स्वास्थ्य संगठनजस्तै नेपालको कानुनले पनि ६० वर्ष उमेरमाथिका सबैलाई ज्येष्ठनागरिक मानेको छ । जनसङ्ख्याको वृद्धि दरको अनुपातमा लगभग दोब्बरको हाराहारीमा ज्येष्ठनागरिकहरुको सङ्ख्या बढदेै गएकोे पाइन्छ । अहिले हाम्रो देशमा वृद्धवृद्धाको सङ्ख्या कुल जनसङ्ख्याको ८ दशमलव १३ प्रतिशत छ । सन् २०२१ सम्म नेपालको वृद्धहरुको सङ्ख्या कुल जनसङ्ख्याको १० दशमलव ४ प्रतिशत पुगने अनुमान छ । दिनानुदिन जीवनअवधि बढ्दै गइरहेको सन्दर्भमा चिकित्सा क्षेत्रको विश्व प्रख्यात जर्नल ल्यान्सेटले हालसालै सार्वजनिक गरेको तथ्याङ्कमा नेपालीको आयु ७२ वर्ष देखाएको छ । अनुसन्धानले के देखाउँछ भने ज्येष्ठनागरिकको सङ्ख्या दिनानुदिन बढ्नुमा मान्छे मर्ने सङ्ख्यामा कम भएरभन्दा पनि घट्दो प्रजनन दरका कारण हो ।

अधिकांश ज्येष्ठनागरिकहरु करिब ७६ प्रतिशत ग्रामीण क्षेत्रमा रहने गरेको तथ्याङ्कले देखाउँछ । ज्येष्ठनागरिकहरुको सेवा सुविधा तथा भरण पोषणका आधारमा मापन गरिने ग्लोबल एज वाच इन्डेक्समा नेपाल अरु देशभन्दा धेरै पछि छ । कानुनले पनि पन्ध्र वर्षभन्दा कम र साठी वर्षभन्दा माथिको उमेरकालाई आश्रित समूहमा राखेको छ तर दुभाग्य वैदेशिक रोजगारमा अधिकांश युवाहरु विदेशिँदा सम्पूर्ण परिवारको कार्यबोमm अहिले ज्येष्ठनागरिकमा रुपान्तरण भएको छ । खेतीपातीदेखि घरधन्दाका तमाम समस्यामा ज्येष्ठनागरिकहरुलाई मानसिक तथा शारीरिक रुपमा बोमm परेको छ भने अर्कोतिर छोराछोरीमा विकास भैरहेको व्यक्तिबादी सोच, परिवारमा बढिरहेको आर्थिक चाप, पारिवारिक विखण्डन, युवाहरुको बाध्यात्मक वैदेशिक रोजगारले विस्तारै परम्परागत पारिवारिक मूल्य मान्यतामा खलल पु¥याउँदै छ । परम्परागत रुपमा चलिआएको वृद्धवृद्धालाई सेवा सुसार गर्ने परम्परा, संयुक्त परिवारको सामाजिक संरचना आर्थिक सामाजिक परिवर्तनका कारण तुहिँदै गएका छन् । ‘गााँस छुटोस् तर साथ नछुटोस्’ भन्ने संस्कारबाट विकसित भएको नेपाली समाज बिस्तारै परिवर्तन मुखी हुँदै गएको छ । पटक पटक नेपालमा भएका राजनीतिक आन्दोलनहरुले हरेक नागरिकहरुमा राजनीतिक चेतनाको स्तर त बढ्यो तर दुर्भाग्य वृद्धवृद्धाहरुलाई सम्मान गर्ने संस्कार र संस्कृतिको सम्मान हुन सकेन ।

राज्यले ज्येष्ठनागरिकलाई बजेट भाषण गरिने दिन वृद्ध भत्ताका नाममा मात्र सम्मmने संस्कार नै स्थापित भइसकेको छ । अध्यन तथा वैदेशिक रोजगारमा जाने प्रवृत्ति बढेपछि पश्चिमेली सभ्यताको विकास द्रुत गतिमा भित्रिरहँदा सन्ततीहरुमा व्यक्तिवादी सोच बढ्दै गएको छ । यसको प्रत्यक्ष सिकार ज्येष्ठनागरिक भएका छन् । तीन चार पुस्ता एउटै छानोमुनि बस्ने अनि बाआमाको आज्ञा सिरोपर गर्ने पारिवारिक बनोटमा व्यक्तिगत निर्णय र प्रगतिलाई प्रश्रय दिनथाले पछि परिवार टुक्रने क्रम सुरु भयो । ज्येष्ठनागरिकहरुले सीमान्तकृत, मानसिक रुपमा कमजोर र लघुताभासको अनुभव गर्न थाले । सामाजिक सिद्धान्त तथा अल्ट्रस्टिक मोडेले पनि के कुरालाई स्वीकार गरेको छ भने जब व्यक्ति घरपरिवारबाट टाढा हुँदै जान्छ बिस्तारै उसमा पुराना मूल्य मान्यताप्रति अविश्वास र नयाँ सस्कारप्रति मोह बढ्दै जान्छ र देशमा नयाँ नयाँ संस्कृतिको विकास हुँदै जान्छ । नेपालको सामाजिक संरचना नै विशिष्ट प्रकृतिको छ जसमा बाबुआमाले बुढेसकालसम्म आफ्ना सन्तानका लागि दुःख गर्छन् र आफूसँग भएको सम्पत्तिमा पनि छोराछेरीमा हस्तान्तरण गर्ने परिपाटी रहँदै आएको छ । यो पनि जीवन भर ज्येष्ठनागरिकहरु पीडामा बाचिरहनुपर्ने सभ्यता र परम्परा हो । उमेर हुँदा ठूलो परिश्रम, मिहिनेत र सुझबुझका सन्तानलाई हुर्कायो र सक्षम बनायो तर बुढेसकालमा निरिह भएर सहयोगको अपेक्षामा बाँच्नुपर्दा पक्कै पनि हरेक ज्येष्ठनागरिकले ह्दयविदारक र कष्टसाध्य अनुभूत गर्छन् होला ।

ज्येष्ठनागरिकहरुको कमजोर स्वास्थ्य अवस्था

उमेर बढ्दै गएपछि मानिसमा शारीरिक मानसिक कमजोरीका साथै रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुन्छ । बुढो हुँदै गएपछि शरीरमा निकै परिर्वतन आउँछन् । रुप, सोचाइ, सोच्न सक्ने शक्ति, शारीरिक क्षमतालगायत सबैमा परिवर्तन आउँछ मुटुको कार्यक्षमता घट्ने, मस्तिष्कको वजन केही घट्ने, शारीरिक सन्तुलन बिग्रने, दुईवटै मिर्गौलाको क्षमता कम हुँदै जाने, प्रोस्टेट ग्रन्थी बढ्ने, पैतालाको स्नायु कमजोर हुने, तिर्खा कम लाग्नेजस्ता समस्या बुढेशकालमा देखिन्छ । त्यसमा पनि मधुमेह, मुटु तथा रक्तनलीसम्बन्धी रोगहरु, फोक्सोसम्बन्धी रोग र खास किसिमका क्यान्सर जस्ता नसर्ने रोग र बढ्दो उमेको बीचमा सधँै सीधा सम्बन्ध हुन्छ । एक तथ्याङ्कअनुसार करिब ९२ प्रतिशत यस्ता नसर्ने रोगहरुको भार निश्चित उमेर काटिसकेका ज्येष्ठनागरिकमा हुन्छ । एजिङ नेपाल नामक संस्थाले गरेको सर्वेक्षण अनुसार सन् २०१५ मा ५० जना वृद्धवृद्धाहरुको बेवारिसे सब भेटिययो । करिब १०० को हाराहारीमा ज्येष्ठनागरिकलाई दुव्र्यभारजन्य अपराधका घटना घटाइए । जसमध्ये अधिकांश घटना आफ्नै सन्ततीबाट भएका थिए ।

अन्तर्राष्ट्रिय स्तरमा ज्येष्ठनागरिकहरुको सम्बोधन

सन् १९९४ मा भएको जनसङ्ख्या तथा विकास सम्मेलनले ज्येष्ठनागरिका अधिकारको पक्षमा बोल्यो । सन् २००२ मा स्पेनको म्याड्रिडमा ज्येष्ठनागरिकका लागि तत्काल केही गर्न ज्येष्ठनागरिक कार्ययोजना लागू गर्ने भनेर सम्मेलन भएको थियो । यसमा नेपालको पनि उपस्थिति थियो र यसमा नेपाल सरकारले पनि हस्ताक्षर गरी प्रतिबद्धता जनाइसकेको छ । यसैअनुसार नेपालमा सन् २००५ मा ज्येष्ठनागरिकका लागि ल्याएको ज्येष्ठनागरिक कार्ययोजना कागजमा मात्र सीमित छ ।

। हरेक देशले आफ्ना ज्येष्ठनागरिकका लागि आआफ्नै किसिमका विशेष व्यवस्था गरेका छन् । चीन सरकारले बुढाबुढीका लागि पोषण, लत्ताकपडा, आवास, स्वास्थ्य उपचार तथा दाहासंस्कारमा चाहिने किरिया खर्च लगायतका पाँच कुराको ग्यारेन्टी गरेको गरेको छ । कोरिया जापान लगायतका देशले ज्येष्ठनागरिकलाई अमm बढी सक्रिय बनाउने र स्वस्थ जीवनशैली बढाउनमा ध्यान दिएका छन् र बुढाबुढीहरुका लागि दीर्घकालीन स्वास्थ्य योजना लागू गरिसकेका छन् । साउथ अफ्रिका, नामिवियालगायतका अफ्रिकी देशहरुले समेत वृद्धवृद्धालाई पेन्सनको व्यवस्था गरेका छन् र योगदानरहित स्वास्थ्य बिमा योजना सुरु गरिसकेका छन् ।



नेपालले गरेका कागजी अभ्यासहरु

नेपालको वर्तमान संविधानले पनि ज्येष्ठनागरिकका हकअधिकारलाई सुनिश्चित गरेको छ । तर यसको जगमा टेकेर कति नियम कानुनहरु बन्ने हुन् त्यो हेर्न समय कुर्नै पर्ने हुन्छ । ज्येष्ठनागरिकले आर्जन गरेको सीप र अनुभवको उपयोग गर्ने भनी उल्लेख गरिएबाट ज्येष्ठनागरिकप्रति राज्यको सकारात्मक नीति रहेको देखिन्छ । सरकारकको प्रत्येक वर्षको बजेट भाषणमा धेरै शब्दहरु खर्चिएका हुन्छन् ज्येष्ठनागरिकाका लागि तर रकममा भजाइएको सामाजिक सुरक्षाबाहेक अरु कुनै पूरा भएको देखिँदैनन् । वृद्धवृद्धाको अनुभवलाई पुँजीको रुपमा सञ्चिती गर्ने र उनीहरुको जीवनयापनलाई मर्यादित गराउने भन्दै वि.सं. २०६३ मा ज्येष्ठनागरिक ऐन तथा ६५ मा नियामवली आयो । त्यस्तै ज्येष्ठनागरिकका पक्षमा तत्काल कार्यकम लागू गर्ने भनी ज्येष्ठनागरिक कार्ययोजना पनि सोही वर्ष नै सुरु गरियो ।

नवौँ आवधिक योजनादेखि नै ज्येष्ठनागरिकको विषयलाई छुट्टै शीर्षकमा व्याख्या गर्ने गरिएको छ । ज्येष्ठनागरिकहरुको स्वास्थ्य अवस्था सम्बोधन गर्न ज्येष्ठनागरिक स्वास्थ्य उपचार सेवा कार्यक्रम निर्देशिका २०६१ सालमा स्वास्थ्य मन्त्रालयले सुरु गर्यो । यस्तो मुख्य उद्देश्य ज्येष्ठनागरिकलाई उपचार प्रक्रियमा सहयोग गर्नु थियो । प्रत्येक जिल्लामा नाम मात्रको भए पनि जेष्ठनागरिक उपचार कोष खडा गरिएको छ जसबाट केही टाठाबाठा ठालुहरुले सुविधा उपभोग गरेका त होलान् तर दुर्गम गाउँका वृद्धवृद्धालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । प्रत्येक वर्ष स्वास्थ्य मन्त्रालय मार्फत जिल्ला जनस्वास्थ्य कार्यलयलाई ज्येष्ठनागरिकलाई समाजिक सचेतना फैलाउन भनेर जाने रकम निश्चित व्यक्तिहरुलाई बोलाई चिया खुवाउँदैमा जान्छ । भएका कतिपय कार्यकम पनि ज्येष्ठनागरिले थाहै नपाई फ्रिज भएका प्रशस्त उधाहरण भेटिन्छन् । वृद्ध अवस्थाका कारण आर्थिक सामाजिक रुपमा उत्पन्न जोखिम व्यवस्थापन गर्न सघाउ पु¥याउने उद्देश्यले वृद्धभत्ताको नामबाट नेपालमा आर्थिक वर्ष २०५१।०५२ देखि सामाजिक सुरक्षा कार्यक्रम लागू भएकोमा विभिन्न समयमा परिमार्जन हुँदै हाल सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०६९ अनुसार सञ्चालन भइरहेका छ । सरकारले ज्येष्ठ नागरिकलाई सर्वसुलभ र छिटो सेवा दिन वेरियाट्रिक वार्डको अवधारणा ल्याएको छ तर यो अहिलेसम्म व्यवस्थित हुन सकेको छैन ।

ज्येष्ठनागरिकप्रति हामी सबैको कर्तव्य के हुनु पर्दछ ?

अब हामीले समाज विज्ञानमा आधारित भएका परम्परागत मूल्य मान्यतालाई पनि जगेर्ना गर्ने बेला आएको छ । नीतिगत रुपमै आफ्ना बाआमालाई माया, सद्भाव र स्नेहले पालणपोषण गर्ने छोराछोरीहरुलाई राष्ट्रले करलगायतका सेवा सुविधामा छुट दिने र समाजले सम्मान गर्ने परिपाटीको विकास गर्नुपर्दछ ।

ज्येष्ठनागरिकहरुको ज्ञान, सीप र अनुभवलाई राष्ट्र विकास तथा समाज रुपान्तरणमा प्रयोग गनु नै आजको बुद्धिमानी हो । धन पैसा त जोले पनि कमाएकै हुन्छ । तर संस्कार कमाउने मानिस कमै हुन्छन् । धन पैसा र महलको त्यतिबेला मात्र काम हुन्छ जतिबेला त्यसमा आफ्ना बाआमा अटाउन सक्छन् । बूढाबूढी हुनु भनेको केवल गुमाउनु र अरुको आशामा बाँच्नु जीवनको अवस्था हो भन्ने आम बुझाइमा व्यापक परिवर्तन आउन आवश्यक छ । सरकारले गर्ने हरेक काम कारबाहीमा देशको जनसङ्ख्या बनोटमा ठूलो हिस्सा ओगट्ने ज्येष्ठनागरिकलाई हरेक क्षेत्रमा सहभागी बनाउन उमेर समावेशीतालाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ ।

त्यसैले शिक्षा, स्वास्थ्य, पोषणदेखि लिएर बढ्दै गइरहेको सहरीकरण, ती सहरमा बन्ने घर पनि उमेर समावेशी हुनु अति आवश्यक भइसकेको छ । आपतविपतको बेला सबैभन्दा बढी मारमा बालबालिका र ज्येष्ठनागरिक पर्छन् भन्ने कुरा विनाशकारी भूकम्पले नै झल्को दिइसकेको छ । त्यसैले प्राकृतिक प्रकोपको न्यूनीकरण र परिआयो भने सामना कसरी गर्ने भन्ने कुराको जानकारी ज्येष्ठनागरिकहरुलाई बेलैमा दिनुपर्ने पनि अहिलेको टड्कारो आवश्यकता भइसकेको छ । त्यसैले अब पढेर जान्नेलाई मात्रै होइन परेर जान्नेलाई पनि सम्मान गर्न सिकौँ । ज्येष्ठनागरिकप्रतिको सेयरिङ र केयरिङको भावनामा कमी हुन नदिऔं ।

(लेखक: डा. गोकर्ण दहाल दक्षिण कोरियाको हान्याङ स्कुल अफ मेडिसिनसँग आबद्ध छन्)

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget