Websoft University

www.radiomakalu.com || 021-522512


रेमिटेन्स, काठको बाकस र देश

महेन्द्र केसी

“वीर गोर्खालीका सन्तान आज बग्दादमा तड्पाउँदै मारिएका छन् । काबुलमा गोली बारुद पड्काउँदै उडाइएका छन्, कस्मिरमा कस्सिएर माएिका छन् त फ्रान्समा फस्सिएर मारिएका छन् ।”

हरेक वर्ष नेपाली लाखौँको सङ्ख्यामा हातमुख जोड्ने रोजीरोटीका लागि विदेशी भूमिमा जान बाध्य छन् । आफ्नो घरको चुहिने छानो टाल्नका होस् या बिहानबेलुका परिवारका लागि एक छाक गाँस र शरीर ढाक्ने लुगाको जोहो गर्नका लागि होस विदेशी भूमिमा गएर रगत र पसिना बगाउन विवश छन् ।

बुढौली लागेकी आमाको उद्रिएको चोली फेर्नका लागि, श्रीमतीको मायामा माया बढाउनका लागि र छोराछोरीको भविष्य सुन्दर बनाउनका लागि सुन्दर सपना देखेर विदेशी खाडीमा घरका ती यादहरु र सपना सजाएर जाने नेपालीहरु विदेशी भूमिमा श्रम बेचिरहेका छन् । कतिको सपना साकार पारेको छ त विदेशले कतिलाई निलेको छ ।

वीर गोर्खालीका रुपमा विश्वमा चिनिएका नेपाली बग्दादमा तड्पाउँदै मारिएका छन् काबुलमा गोली बारुद्ध पड्काउँदै भुटिएका छन् । कस्मिरमा कस्सिएर माएिका छन् त फ्रान्समा फस्एिर सयौँ मारिएका छन् । हजारौँ अपाङ्गजीवन व्यतित गर्नका लागि बाध्य छन् त कयौं विदेशी भूमिका ती अस्पतालका शय्यामा जीवन र मृत्युसँग लडिरहेका छन् । कतिपय नेपाली विदेशी काल कोठीमा छन् आफ्नो शरीर अरुलाई सुम्पेर बाँच्नका लागि विवश छन् ।

सरकार केवल रेमिटेन्स र काठकोे बाकसमा शवहरु भित्र्याएर मख्ख परेको छ । हिजो घाँटी रेटिएर मारियो आज बारुद्धले उडाएर मारियो तर सरकार आफ्ना देशका युवाहरुको श्रम बेचेर रेमिटेन्स भित्र्याएर मख्ख छ, रेमिटेन्सबाट नै देश चलाइरहेको छ । विमानस्थललाई शव ल्याउने मसानघाट बनाएको छ । हामी सरकारको जयजयकार गरिरहेका छौँ विदेशमा मारिएका नेपालीको शव ल्याउन सरकार सफल भयो भनेर ? के सरकारको जिम्मेवारी यही हो । रेमिटेन्स भित्र्याउनका लागि लाखौँ युवा खाडी मुलुकमा पु¥याउने अनि उनीहरुको परिवारको विचल्ली बनाएर कफिनमा ती गोर्खाली मुनाहरु विमानस्थलमा भित्र्याउने के यही हो सरकारको नैतिकता !?

कतिको त सपना विदेशी भूमिले पूरा गरिदिएको छ भने कसैको सपनामा तुसरापात लगाइदिएको छ । परिवारको विचल्ली बनाइदिएको छ । हिजो इराकमा १२ नेपालीको हत्या भयो आज अफगानमा १३ नेपालीले ज्यान गुमाए । जसका कारण न त उनीहरुको सपना पूरा भयो न त परिवाारको सदस्य नै परिवासँग रह्यो । हरेक वर्ष नेपाली युवायुवती विदेशिने क्रम जारी छ । पछिल्लो समयमा विदेश पुगेका युवायुवतीमा आत्महत्याको सङ्ख्या पनि बढेको पाइन्छ । साढे सात वर्षको अन्तरालमा मात्रै विदेशबाट ५ हजारभन्दा बढी काठका बाकसमा गोर्खालीका सपनालाई विमानस्थलमा यो देशले उतारिरहेको छ । अर्थात हरेक दिन दुईदेखि तीन नेपालीको शव कफिन (काठको बाकस) नेपालमा भित्रिएको छ । के सरकारले विदेशिने ती कलिला मुनाहरुलाई स्वदेशमा नै राख्न सक्दैन !? कि उनीहरुका लागि नेपालमा बस्ने कुनै ठाउँ छैन ? कि सरकार कलिला ती मुनाहरुलाई विदेशका पठाएर शव ओसार्नका लागि तल्लीन बनेकै त हैन !?
विदेशमा गएका युुवाहरुको काठको बाकसमा लास आउँदा सरकारको आँखा रसाएकै हो र उनीहरुको बारेमा सरकारले सोचकै हो भने राज्यले लास भित्र्याउन हैन स्वदेशमा नै नेपालीलाई रोजगारको ग्यारेन्टी गर्नुपर्छ ताकि विमानस्थल कफिन भित्र्याउने माध्यम नबानोस् । यस विषयमा राज्यले गम्भीर रुपमा सोच्नुपर्छ । हरेक नागरिकलाई बास, गाँस र कपासको ग्यारेन्टीका साथै क्षमता अनुसारको स्वरोजगार हुने वातावरण तय गरी विदेशिने नेपालीलाई स्वदेशमा नै रोक्न सक्नुपर्छ ।
kabul attack nepales deadboddy (10)


खोक्रा आडम्बरका भाषण गर्ने सरकारले जबसम्म मन, वचन र कर्मका साथ देशका तीन महारोग गरिबी, बेरोजगार र अशिक्षाको उन्मुलन गर्नको लागि तल्लीन हुँदैन तबसम्म विमानस्थल कफिन भित्र्याउने स्थानका रुपमा रहिरहनेछ । हिजो १० वर्षे जनयुद्धमा आफ्नै भूमिमा रगतका खोला बगाउन बाध्य नेपाली आज विदेशमा रगतको खोलो बगाउन विवश छन्, अझै कति समय नेपालीले विदेशी भूमिमा रगतको खोला बगाउन पर्ने हो !? सरकारले जवाफ दिनैपर्छ । अझ कति समय विदेशी भूमिमा नेपाली नागरिक घाँटी रेटिएर र बमले उडाएर मर्नपर्ने हो !? के नेपालीलाई नेपालमा नै राज्यले रोजगारीको व्यवस्था मिलाउन सक्दैन ? जून कुरामा सरकारले पनि सोच्नुपर्ने देखिन्छ । यदि राज्यले नेपालीलाई स्वदेशमा नै स्वरोजगार हुने वातावरण तय गर्न सक्दैन भने विदेशी भूमिमा पुगेका नेपालीको जीवन रक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्छ । कि सरकारले भन्नै पर्छ राहदानी बनाउँदा मोटो रकम लिएर उनीहरुलाई हामी विदेश जाने नाउँमा यमलोकको भिसामा विदेश पठाइरहेका छौं । उनीहरु बाँचुन्जेलसम्म रेमिटेन्स भित्र्याएर देश चलाउने अभियान चलाइरहेका छौं ।

राज्यले देशमा भएका तीन महारोग गरिबी, अशिक्षा र बेरोजगारलाई उन्मूलन गरी नागरिकलाई स्वदेशमा नै रोजगारको व्यवस्था गर्न नसक्नु र नेपालीले कामलाई समानरुपमा हेर्न नसक्नुले पनि विदेश जाने नेपालीको सङ्ख्यामा वृद्धि हुनु हो । आफ्नो देशमा काम गर्न लाज मान्ने तर विदेशमा तुच्छ काम गर्न पनि कुनै हीनताबोध नगर्ने र डलरको मोहका कारण पनि नेपालीहरुले विदेशी भूमिमा रगतको नदी बगाइरहेका छन् ।

अब सरकारले सोच्नुपर्नेछ विदेशमा सास पठाएर लास ल्याउने कि आफ्नै देशको विकासमा युवाहरु परिचालन गरी स्वरोजगार बनाउँदै समृद्ध र विकसित मुलुक बनाउने !? सरकारले देशमा प्राविधिक शिक्षाको विकास गरी सोही अनुसारको स्वरोजगारको व्यवस्था गर्न सक्ने हो र हरेक वर्ष विदेशिने लाखौँ युवायुवतीलाई स्वदेशमा नै देश विकासमा लगाउन सक्ने हो भने बेरोजगार र गरिबीको उन्मुलनको साथै समृद्ध नेपालको स्थापना हुने थियो । यसरी विमानस्थलमा गएर ती काठका बाकस बुझ्न र गोहीका आँशु देखाउन पर्ने थिए ।

विदेशमा गएका युुवाहरुको काठको बाकसमा लास आउँदा सरकारको आँखा रसाएकै हो र उनीहरुको बारेमा सरकारले सोचकै हो भने राज्यले लास भित्र्याउन हैन स्वदेशमा नै नेपालीलाई रोजगारको ग्यारेन्टी गर्नुपर्छ ताकि विमानस्थल कफिन भित्र्याउने माध्यम नबानोस् । यस विषयमा राज्यले गम्भीर रुपमा सोच्नुपर्छ । हरेक नागरिकलाई बास, गाँस र कपासको ग्यारेन्टीका साथै क्षमता अनुसारको स्वरोजगार हुने वातावरण तय गरी विदेशिने नेपालीलाई स्वदेशमा नै रोक्न सक्नुपर्छ । प्रकृतिले भरीपूर्ण देश नेपाल तराईले सुन फलाएको छ हिमालले हीरा, पहाडका बीचबीच निरन्तर बगिरहेका डलरका नदीहरुलाई राज्यले चिन्नका लागि अब ढिलो गर्नुहँुदैन । बन्द गर विदेश पठाउने मेनपावर, अनि लगाऊ युवाहरुलाई तराईका फाँटहरुमा हेलो जोती सुन निकाल्न, हिमालका काखमा पठाऊ हीरा सङ्कलन गर्न अनि पहाडका कुनाकुनबाट सुसेली डलर बगाइरहेका नदीलाई उपभोग गरी मनग्य आम्दानी गर । तब मात्र समृद्ध नेपाल अनि देशको बेरोजगारी हटेर जानेछ । पर्ने छैन विदेशी ती भूमिमा रगतको आल बनाउन, अस्पतालका शय्यामा जीवन र मृत्युको लडाइँ लड्न अनि ती जेल र कालो कोठीमा जीवन बिताउन ।

विदेशी भूमिमा गोर्खालीको बगेको रगतको सम्मान गर्न राज्यले अब सोच्नैपर्छ । सास पठाएर लास ओसार्ने कि अफ्नै देशको विकासका लागि युवा परिचालन गर्ने !?

बाजुङ–१ पोखरे पर्वत
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget