Websoft University

www.radiomakalu.com || 021-522512


६ जना महिलालाई बलात्कार गरी हत्या गर्ने सिरियल किलर २० वर्षपछि पक्राउ

काठमाडौं, असार ६ गते । छ जना महिलालाई बलात्कार गरी हत्या गर्ने सिरियल किलरलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । 
पक्राउ पर्ने सिरियल किलर बारा डुमरा–६ का ५० वर्षे प्रेम भनिने मान बहादुर बुढाथोकी सोमबार पक्राउ परेका हुन् । उनी भारतमा लुकिछिपी बस्दै आएका थिए । मानबहादुरलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई बुझाएको छ । 

यस्तो छ उनको कर्तुत

बुढाथोकीले २०५२ साल फागुनमा धनुषा बेगाडार गाविसकी एक महिलालाई बलात्कार गरी हत्या गरेका थिए । त्यस्तै २०५२ चैतमा बुढाथोकीले धनुषाको ढल्केबरबाट दक्षिणतर्फको जंगलमा १७ वर्षकी एक युवतीलाई बलात्कार गर्न लाग्दा मानिस बोलेको आवाज आएपछि घाँटी थिची हत्या गरेका थिए । 
२०५३ साल जेठमा ढल्केबरकै पूर्वतर्फको जंगलमा बाख्रा चराउँदै गरेकी ६१ वर्षे महिलालाई घाँटी थिची हत्या गरेका थिए । २०५३ साल असारमा अन्दाजी २५÷२६ वर्षकी महिला जंगलमा पात टिप्न गएका बेला ढुंगाले टाउकोमा हानी हत्या गरेका थिए । २०५३ साल साउनमा धनुषाको लालगढ बजार नजिकको जंगलमा बाख्रा चराउँदै गरेकी २० वर्षकी एक युवतीलाई बलात्कार गरी घाँटी थिचेर मारेका थिए । 
त्यस्तै २०५३ साल असारमा बर्दिबासबाट पश्चिमतर्फको जंगलमा अशक्त महिलालाई बलात्कार गर्न लाग्दा मानिसको आवाज आएपछि घाँटी थिचेर हत्या गरेका थिए । यस्ता ३२ वटा करणीका घटनाहरु आफूले घटाएको बुढाथोकीले स्वीकार गरीसकेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।     
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget