
उक्त धुलो बेचेर रु दुई लाख जति आम्दानी भएको निशी लघुउद्यम सिस्नो ‘पाउडर’ उद्योगका अध्यक्ष महेन्द्रकुमारी घर्तीमगरले बताए । “धेरै ठाउँबाट माग आएको छ, पु¥याउन सकेका छैनौँ,” उनले भने– “काठमाडौँमा यसको अत्यधिक माग छ ।” धुलो खाद्य विभागमा प्रयोगशाला परीक्षणपछि गुणस्तर मापन गरेर बजारमा पठाइएको उनले बताए ।
उद्योगमा १५ जना महिलाको साझेदारी छ । विसं २०७१ वैशाखामा बहुसरोकारवाला वन कार्यक्रमबाट उद्योग सञ्चालनको लागि महिलाले यन्त्र पाएका थिए । एक महिने तालिमपछि महिलाले सिस्नोको धुलो बनाउन सिकेका हुन् । “गाउँघर र वनक्षेत्रमा त्यत्तिकै खेर जाने सिस्नाको धुलोको यस्तो मूल्य हुन्छ भन्ने हामीलाई थाहै थिएन,” उद्योगका अध्यक्ष घर्तीमगरले भने – “अहिले बजारको मागसमेत धान्न सकिएको छैन ।”
उद्योगको क्षमता र लगानी बढाउन सके माग पु¥याउन सकिने उनको भनाइ छ । सिस्नो टिपेर सुकाएपछि यन्त्रमा राखी पिँध्ने गरिएको छ । धुलोको ‘ग्रडिङ’ भएपछि ‘प्याकेजिङ’ गरेर बेच्ने गरिएको छ । उद्योगको नाममा ‘प्याकेजिङ’को समेत व्यवस्था गरिएको छ । पहिले त्यत्तिकै कागजमा राखेर बेच्ने गरिएको सिस्नोको धुलो अहिले आकर्षक ‘प्याकेट’ मा बजारमा पुग्ने गरेको छ ।
दुई सय ग्रामका ‘प्याकेट’ बागलुङमा रु १२० मा बिक्री भइरहेका छन् । पोखरा, काठमाडौँमा त्यो मूल्य केही बढ्ने उद्यमी बताउँछन् । अध्यक्ष घर्तीमगरका अनुसार काठमाडौँमा प्रति २०० ग्राम रु १५० मा बिक्री हुने गरेको छ ।.ratopati
Post a Comment