काठमाडौंमा असार १२ गते ।भूकम्पीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने मागसहित विपक्षी काँग्रेसले राखेको माग सरकारले सुनुवाई गर्ने सम्भावना कम देखिएको छ । विधि र प्रक्रिया नपु¥याई एकमुष्ट रकम दिदा घर बन्ने सम्भावना कम हुने सत्तारुढ एमालेको बझुाई छ । सत्तारुढ एमाले र काँग्रेसका आ–आफ्ना अडानले अबरुद्ध संसद लम्बिने संकेत देखिएको छ ।
पुननिर्माण प्राधिकरणका स्रोतका अनुसार काँग्रेसले राखेको माग सरकारल अहिले पूरा गर्न सक्ने अबस्था छैन् । प्राधिकरणको विफ्रिङ अनुसार प्रधानमन्त्री ओलीले एकमुष्ट दुई लाख दिने निर्णय लिने छैनन् । कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म संसद् चल्न नदिने निर्णय नै गरेको छ । ‘यो राजनीतिक अडानको मार संसद वैठकमा पर्नेछ ।’ स्रोत भन्छ।
काँग्रेसले सरकारले आफ्नो पहिलो प्राथमिकता संविधानको कार्यान्वयन गर्ने र भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्ने काम पटक–पटक घच्घच्याउँदा पनि नगरेकाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस व्यवस्थापिका संसद् अवरुद्ध गर्न बाध्य भएको दावी गरेको छ ।
काँग्रेसको संसद रोक्ने राजनीति भित्र के छ रणनीति ?
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित, भूकम्पपीडितलाई एकमुष्ट २ लाख दिनुपर्ने माग
Post a Comment