Websoft University

www.radiomakalu.com || 021-522512


कार्यकर्ताको विना शर्त रिहाईको माग


काठमाडौँ, असार ५ गते ।   विप्लव माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ताको विना शर्त रिहाईको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी जिल्ला संगठन सुनसरीले आज धरानमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वधीनता, अधिकार सम्पन्न जनता र समृद्ध नेपाल निर्माण गर्न गरेको आन्दोलनप्रति राज्यले दबाउन खोजेको आरोप लगाएका छन् । पछिल्लो समय एनसियल प्रा.लि.को नाममा मुलुक लुटिरहेको संस्थामाथि कारबाही गर्दा विना कारण आफ्नो कार्यकर्तालाई धरपक्ड गरी मुद्धा चलाएकोप्रति आपत्ति जनाउदै पक्राउ परेृका कार्यकर्ता विना सर्त रिहाइको माग गरेको छ ।




उनीहरुले एनसिएलले चर्को व्याजदर लिने, विना सेवा शुल्क काट्ने, नेपाल सरकारलाई कर नबुझाएको, सरकारसंग पूर्ण कानुनी प्रक्रिया नमिलाई हेपायसी तरिकाले सञ्चालन गरेको बताउदै यस क्रममा मुलुकभरिबाट पक्राउ परी रिहाइ हुन बाकी १९ जनालाई अविलम्ब छोडिदिन प्रहरी प्रशासनलाई आग्रह समेत गरेको छ ।

उनीहरुले पट्नाली स्थित एनसेल टावरमा वियरको बोत्तलमा कपडाको पुल्ठो बाधी टावरमा आगजनी गरी फरार ने.क.पा.माओवादी विप्लव समुहका धरान नगर कमिटीका सेक्रेटरी सुरज राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको भन्ने समाचार तथ्यसत्य नभएको बताएका छन् । उनीहरुले जेष्ठ २९ गते प्रहरीले घट्नास्थलबाट प्रक्राउ गरिएको भनिएका राईलाई फसाउनका लागि जबरजस्ती वियरको बोतल राखी नक्कली पेट्रोल वम बनाई जबरजस्ति फोटो खिचाएर प्रहरीले सार्वजनिक गरेको आरोप पत्रकार सम्मेलनमा लगाएका छन् ।

उनीहरुले अहिले देश भ्रष्ट, संघीयता विरोधी, संविधान विरोधी, कालो बजारी, माफियाहरुले चलाएको आरोप लगाउदै यसका विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले कानुनी प्रक्रियामा एनसिएल प्रा.लि. नआउन्जेल कारबाहीलाई निरन्तता दिने बताएका छन् । उनीहरुले अहिले नेपालमा एनसिएलको ग्राहक १ लाख ४३ हजार रहेको बताएका छन् । एनसिएलले दैनिक करोडौ रुपैया नेपाली जनताबाट ठगी गरेकाले देशैभरि कारबाही गर्नेै नीति अनुसार जनकारबाही प्रक्रिया चलाइएको पार्टीका नेता तथा कार्यकर्ताहरुले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget