Websoft University

www.radiomakalu.com || 021-522512


हिजो के गरे दोलखाका स्थानीय विकास अधिकारी शर्माले ?


विष्णुप्रसाद शर्मा, स्थानीय विकास अधिकारी, दोलखाबिहान ५ः३० बजे उठेँ । सरसफाइ सकेर मर्निङवाकमा निस्केँ । फर्केर कोठामै योगा गरेँ । सामान्य नास्ता खाएर ८ः३० बजेतिर कार्यालय गएँ । जिल्लाका भूकम्पपीडितका सूची ‘अपडेट’ गरेँ । त्यसपछि खाना खान क्वार्टर गएँ ।

१० बजे कार्यालय पुगेर नियमित काम थालेँ । फिल्डमा जाँदा सम्पन्न भइसकेका सडक, खानेपानी, सिँचाइ र भौतिक पूर्वाधारसम्बन्धी ५० भन्दा बढी योजनाका सम्बन्धित समिति र ठेकेदारलाई बिल भुक्तानी गरिदिएँ ।

११ः३० मा साक्षर जिल्ला घोषणा तयारीसम्बन्धी छलफल कार्यक्रम राखिएको थियो । कार्यक्रममा सहभागी भएँ । जिल्लाका सबै गाविसलाई साक्षर घोषणा गरिसकेको अवस्थामा जिल्लाको घोषणा कार्यक्रम कहिले र कसरी गर्नेबारे गम्भीर छलफल भयो । फर्केर कार्यालय आएँ । कार्यालयको प्राविधिक टोलीसँग बैठकमा बसेँ । बैठकमा सञ्चालित योजनाबारे गरिएको स्थलगत निरीक्षणको समीक्षा, रोकिएका योजना कार्यान्वयन तथा सबै योजना समयमा सम्पन्न गरिसक्नेगरी काम तीव्र गतिमा बढाउने विषयमा घनिभूत छलफल भयो ।
rame

दिउँसो २ः३० बजे जिल्ला प्रशासन कार्यायालयमा विपत् व्यवस्थापन पूर्वतयारी विषयक बैठक डाकिएकाले त्यहाँ गएँ । जिल्लाका बाढीप्रभावित क्षेत्रमा समस्या आउन सक्ने भएकाले ती क्षेत्रमा सेवा, उद्धार र सुरक्षा तयारीमा जुट्नुपर्ने विषयमा छलफल भयो । बैठक तीन बजे सकिएपछि कार्यालय फर्केर पुनः सम्पन्न योजनाका बिल भुक्तानीमा व्यस्त भएँ । साँझ पाँच बजे कार्यालयका कर्मचारीबीच दिनभरिको कामको समीक्षा गर्यौँ । साथै भोलि सुनाखानी, सुक्षमसेमावती, सुन्दरावती, जिरीलगायतका क्षेत्रमा दुई/तीन समूहमा बाँडेर योजना कार्यान्वयनको संयुक्त निरीक्षण अनुगमनमा कर्मचारी पठाउनेसम्बन्धमा समेत सल्लाह भयो ।

साँझ ५ः२० मा लालकुरीडाँडा सडक निर्माण, खानेपानी, शौचालय र निर्माणाधीन शैक्षिक योजनाको अनुगमनमा गएँ ।

(दोलखाका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माको २०७३ असार ७ गतेको दैनिकी । रातोपाटीको ‘हिजोमात्रै’ स्तम्भका लागि असार ७ गते साँझ लोकराज जैसीलाई टेलिफोन वार्तामा उनले आफ्नो दैनिकी बताएका हुन् । २०४५ मा खुला प्रतिस्पर्धाबाट खरिदारबाट निजामती सेवा प्रवेश गरेका उनी २०४६ मा लेखापाल, २०५१ मा शाखा अधिकृत हुँदै २०६६ मा उपसचिव भएका हुन् । शर्माको स्थायी ठेगाना पर्वतको पाङ हो ।)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget