झापा, असार १२ गते । झापामा एक वर्षभित्रमा १५ जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शनिबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो उल्लेख गरिएको छ ।
विभिन्न आपराधिक घटनामा कमी आएपनि गएको ६ महिनामामात्रै झापामा ६ जनाको हत्या भएको छ भने १२ ओटा बलात्कारका घटना भएको उल्लेख छ ।
इन्सेकको प्रतिवेदनमा एउटा अपहरणको घटना भएको जनाइएको छ ।
बलात्कारका घटनामा बालिका बढी पीडित भएका छन् । सो अवधिमा आठओटा बलात्कारका घटना बालबालिकासँग जोडिएका छन् भने चारजना महिला बलात्कृत भएका छन् ।
यस अवधिमा एक बालक, दुई महिला र तीन पुरुषको हत्या भएको छ ।
अधिकांश घटना यौनसँग सम्बन्धित रहेकोसमेत इन्सेकका प्रतिनिधि अर्जुन बस्नेतले बताए । रासस

Post a Comment