Websoft University

www.radiomakalu.com || 021-522512


प्यारेंटिगं केयर बारे जैन भवनमा कार्यशाला

अनुज सापकोटाबाट,

विराटनगर, जेष्ठ २० गते । आफ्नो बालबालिकाको समुन्नत , उज्जवल र सकारात्मक संस्कारकोलागि बालबालिकाप्रति बाबुआमाको दायित्व बारे एकदिने प्यारेङटिंग सेमिनार नामक पारिवारीक हेरचाह कार्यशाला आव विराटनगरमा आयोजना गरिएको छ ।



उक्त कार्यशालाको आयोजना मारवाडी महिला मञ्च अन्तर्गतको तेरापन्थ महिला मण्डल, विराटनगरले गरेको हो । सो कार्यशालाको अध्यक्षता तेरापन्थ महिला मण्डल, विराटनगर कि अध्यक्षा सरिता लालवानीले गरेकी थिइन् । कार्यशालाको शुरुवात तेरापन्थ कन्या मण्डलका कन्याहरु र तेरापन्थ महिला मण्डलका महिलाहरुले मंगलोच्चारणका साथ गरेका थिए ।




 सो कार्यक्रममा स्वागत मन्तव्य दिदैं तेरापन्थ महिला मण्डल कि अध्यक्षा सरिता लालवानीले बच्चालाई पाइला पाइलामा रोक्नु, टोक्नुको साटो बच्चाहरुको मनोविज्ञान बुझि उसमा सकारात्मक चिन्तन गराउन सक्नुपर्छ भनीन् ।

  सो कार्यशालामा प्रशिक्षकको रुपमा बाल मनोविज्ञानमा एम.ए गरेका नित्यानन्द शाहले कार्यशालामा उपस्थित महिला प्रशिक्षार्थीहरुलाई बालबालिका प्रति बाबुआमाको दायित्व र भुमिका कस्तो हुनुपर्छ भनि प्रशिक्षण दिएका थिए । प्रशिक्षणको क्रममा साहले समय अनुसार बालबालिकाप्रतिको व्यवहारमा बाबुआमाले पनि परिवर्तन गर्दै लानुपर्ने र तिनीहरुमाथि आफ्नो इच्छा र जवरजस्ती लादनुभन्दापनि बालबालिकाको चाहना र इच्छा बुझि तिनीहरुको भावना अनुसार सिपको विकास गर्दै लगे बालबालिकामा विकृति नआउने र संस्कारी हुने भने ।

  यसैगरी सो कार्यक्रममा बैद्य शिवरतन लखोटियाले बालबालिकामा लाग्ने रोग र तिनीहरुको आर्युवेदिय र घरेलु पद्दत्तीबारे प्रशिक्षार्थीहरुलाई बताए । सो कार्यक्रममा प्रशिक्षक नित्यानन्द साह र बैद्य शिवरतन लखोटियालाई तेरापन्थ महिला मण्डलले मायाको चिनो प्रदान गरेको थियो ।


सो कार्यशालामा धन्यवाद मन्तव्य दिंदै मारवाडी महिला मञ्च कि अध्यक्षा पुष्पा लोढाले यस्तो कार्यशालाले बाबुआमा र आफ्नो छोराछोरी बीचको सम्बन्ध अझ प्रगाढ र सशक्त बनाउन मद्दत गर्ने बताइन् । सो कार्यशालामा विराटनगर र जोगवनीका महिला प्रशिक्षार्थीहरुको उल्लेखीय सहभागिता रहेको थियो  । सो कार्यशालाको सञ्चालन महेन्द्र मोरङ कि प्राध्यापक ज्योति कोठारीले गरेकी थिइन्  ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget