Websoft University

www.radiomakalu.com || 021-522512


मोर्चाले १० दिनपछि पायो ओलीको चिठी

काठमाडौँ, जेष्ठ २१ गते सुन्दा अनौठो लाग्ला, तर प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई वार्ता आहवानसहित पठाएको विशेष पत्र आन्दोलनकारी नेताले बिहीबारमात्रै पाए । ओलीले जेठ १० गते लेखेको पत्र बिहीबार तमलोपा कार्यालयमा पुगेको हो । तमलोपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दा बोल्दै प्रधानमन्त्री कार्यालयका कर्मचारीले पत्र छाडेर गएको मोर्चा स्रोतले बतायो ।



अघिल्लो पटक मोर्चा आबद्ध दललाई छुट्टा छुटटै पत्र पठाएका ओलीले पठाएको पत्र मोर्चा कहा पुग्न कसरी १० दिन लाग्यो भन्ने जिज्ञासा मोर्चा नेताहरुले व्यक्त गरेका छन । सञ्चारमन्त्री शेरधन राईले भने बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सुनाउने क्रममा आफूले नै मोर्चा नेताको घर घरमा पुगेर चिठी बुझाएको दाबी गरेका थिए ।



ओलीले मोर्चालाई वार्ताका लागि पत्रै नआएको, आन्दोलनलाई 'अशान्ति' भनी सम्बोधन गरिएकाले वार्तामा सरकारी गम्भीरता नदेखिएको मोर्चाको ठहर छ । 'बैठक हुदाहुदै आज एक जनाले चिठी बोकेर ल्याएका थिए,' संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले भने, 'त्यो वार्ताका लागि आह्वान भन्दा पनि हामीले प्रधानमन्त्रीलाइ वैशाख ३० गते पठाएको जवाफको जवाफ थियो । त्यतिका आधारमा हामी वार्तामा जादैनौं ।' बेठक जारी रहेकाले थप टिप्पणी पछि गर्ने उनको भनाई थियो ।


तमलोपा अध्यक्ष महन्थ ठाकुरले ओली भेटघाटका बेला राजनीतक कुरा नगर्ने, व्यक्तिगत कुरामात्रै गर्ने भएकाले संवेदनशीलताको कमी रहेको औंल्याए । 'यथास्थितिमा वार्ता सम्भव छैन भनेर मैले ओलीजीलाई भनिसकेको छु,' ठाकुरले भने, 'उहा भने मोर्चाकेा सबै माग पूरा भइसक्यो भनिरहनुभएको छ ।'


बिहीबारको बैठकमा मोर्चा आबद्ध सातै मधेसी दलका अध्यक्ष उपस्थित थिए । मोर्चा बैठकले काठमाडौंकेन्दि्रत आन्दोलनको समीक्षा गरेको रामसपा प्रवक्ता केशव झाले बताए । बैठकमा फोरम नेताहरुले काठमाडौं केन्दित आन्दोलनमा तमलोपा पक्षका नेता कम उपस्थित भएको भन्दै असन्तुष्टि जनाएका थिए । तर तमलोपाले भने महाधिवेशन तयारीमा व्यस्त भएको प्रष्टीकरण दिएको छ । 
 
बिहीबार बिहानै बसेको संघीय गठबन्धन सचिवालय बैठकले रिले अनशनमा हरेक दिन एक नेता उतार्ने निर्णय गरेको छ । काठमाडौंकेन्दि्रत आन्दोलनमा सक्रिय जनजाति र मधेसी पार्टी सम्बद्ध २९ दलीय गठबन्धनको बिहीबार काठमाडौंमा बसेको बैठकले त्यसको योजना बनाएको हो ।

गठबन्धनले असार मसान्तसम्मका लागि संयुक्त आन्दोलनका कार्यक्रम थप्ने निर्णय गरेबमोजिम जेठ २५ देखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौको शहीद मञ्चमा रिले अनसन गर्ने भएको हो । अनसनमा हरेक दिन एक नेता कार्यकता सामेल हुने गठबन्धन संयोजक उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा गर्ने निर्णय समेत गरेको छ । प्रदेश तथा जिल्लाले पनि केन्द्रीय आन्दोलनकै शैलीका योजना बनाउन निदेर्शन दिएको छ ।

गठबन्धनले दुई सातायता जारी राजधानी केन्दि्रत आन्दोलनले राष्ट्रिय एकता र जनताको विजयको आधार निर्माण गरेको दाबी गर्दै सिंहदरवारको सत्ता हल्लाइ सकेको निष्कर्ष निकालेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget