Websoft University

www.radiomakalu.com || 021-522512


एसएलसी रिजल्ट आज

काठमाडौँ, असार २ गते।  परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको नतिजा बिहीबार सार्वजनिक गर्दैछ । नतिजा बिगतको जस्तो श्रेणी छुट्याउने आउने छैन । विद्यार्थीको सिकाई कुन समूहमा छ भनेर बर्गिकरण गरेर सार्वजनिक हुदैछ ।



परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहीबार अपरान्हसम्म सार्वजनिक गर्ने तयारी गरेको बताए । ‘सबै तयारी सकियो,’ उनले भने,‘बिहीबार अपरान्ह नतिजा सार्वजनिक गर्दैछौ ।’ गतवर्ष भन्दा ढिला परीक्षा भएपनि कार्यालयले चाडै नतिजा सार्वजनिक गरेको हो ।

एसएलसी परीक्षामा ६ लाख १ सय २० विद्यार्थी सहभागी थिए । परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ । यसले बिगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन ।

कुन विद्यार्थीको सिकाई क्षमता कुन समूहमा पर्‍यो भन्ने छुट्याएर ल्याउन लागेको हो ।


अघिल्लो बर्षसम्म एसएलसी नतिजा कुन डिभिजन आयो भन्ने थाहा हुन्थ्यो । यो बर्ष फेल, पास र डिभिजन हुने छैन । विद्यार्थीले मोवाइलबाट एसएमएस गर्दा र वेबसाइटमा आफ्नो सिम्बल नम्बर हाल्दा ग्रेड प्वाइन्ट एभरेज (स्तरीकृत अंक) थाहा पाउने छन् ।

ग्रेड प्वाइन्ट भन्नाले अक्षरमा गरिएको विद्यार्थीको मूल्याङ्नको स्तरीकरणलाई अङमा प्रस्तुत गरिएको आनुसाङख्यक मानलाई जनाउँछ । त्यस्तै दुई वटा बिषयमा ‘डी’ र ‘ई’ छ भने बिषय खुलाएर सन्देश पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । यो व्यवस्था वेभसाइट मार्फत नतिजा हेर्दा पनि थाहा पाइन्छ । यस्तो नतिजा ईकान्तिपुर डट कम लग अन गरेर सहजै थाहा पाउन सकिन्छ । एसएमएसतर्फ नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बल नम्बर पठाएपछि आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) थाहा पाउन सकिन्छ । एसएमएसका लागि अन्य निजी कम्पनिको नम्बर पनि छन् ।

त्यस्तै शिक्षा मन्त्रालयको एमओई डट जिओभी डट एनपी, शिक्षा विभागको डीओई डट जिओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालयको एसओसीई डट जिओभी डट एनपी, नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनइटीबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget