Websoft University

www.radiomakalu.com || 021-522512


त्रियानब्बे वर्षमा नागरिकता

इलाम , असार २ गते ।  इलाम शान्तिपुरकी सीतामाया दर्जी बुढेसकालमा नागरिकता पाउँदा हर्षित हुनुभएको छ । अर्थाभावका कारण सदरमुकामसम्म पुगेर नागरिकता लिनबाट वञ्चित दर्जीलाई जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविर वरदान साबित भयो । “शिविर नपुगेको भए नागरिकता नपाई मरिन्थ्यो होला”, त्रियानब्बे वर्षीया दर्जीले भन्नुभयो, “नागरिकता भएपछि वृद्धभत्ता पनि पाइने भयो ।”





सहायक प्रजिअ सुजन फागोले अहिलेसम्ममै सबैभन्दा ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर नेपाली नागरिकता प्रदान गर्दा आफूलाई खुसी लागेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले शान्तिपुर गाविसमा सञ्चालन गरेको तीनदिने घुम्ती शिविरमा २९२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको नासु रामप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

शिविरमा निर्वाचन कार्यालयले ३२७ जनाको तस्बिरसहितको मतदाता नामावलीका लागि विवरण सङ्कलन गरेको छ । त्यस्तै महिला तथा बालबालिका कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र, जिल्ला कृषि विकास कार्यालयले माटो परीक्षण तथा किसानलाई रोग र किराको विषयमा जानकारी गराएको थियो ।
शिविरमा जिल्ला पशुसेवा कार्यालयले पशुमा लाग्ने रोग, पशु स्वास्थ्य तथा नस्ल सुधारसम्बन्धी सेवा प्रदान गरेको थियो । प्रशासन कार्यालयले यसअघि पनि जिल्लाका चुलाचुली, माईमझुवा, आमचोक लगायत गाविसमा घुम्ती शिविर सञ्चालन गरेको थियो ।








Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget