Websoft University

www.radiomakalu.com || 021-522512


राज्यको ढुकुटीबाट एकै दिन ३१ जनालाई डेढ करोड


काठमाडौँ, असार ८ गते। सरकारले प्रभावशाली नेताका आफन्त र पहुँचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको छ । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको कार्यविधिमा रहेको आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च बिलअनुसार सोझै अस्पताललाई दिने व्यवस्थाविपरीत गृह मन्त्रालयको सिफारिसमा राम्रो आर्थिक हैसियत भएका पहुँचवालालाई जथाभावी सहयोग दिइएको हो ।



'विपन्न तथा विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि' विपरीत मन्त्रिपरिषदको जेठ १३ को बैठकले एकै दिन ३१ जनालाई डेढ करोड रुपैयाँभन्दा आर्थिक सहायता दिने निर्णय गरेको हो ।

कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको बिलअनुसार उपचार खर्च बेहोर्ने व्यवस्था छ । आर्थिक सहायता दिन सक्ने व्यवस्था छैन । मन्त्रिपरिषदबाट कार्यविधिविपरीत आर्थिक सहायता पाएकामा अधिकांश सत्तारूढ एमाले, एमाओवादी र राप्रपा नेपाल तथा प्रमुख विपक्षी कांग्रेसका नेता तथा कार्यकर्ता र पहुँचवाला व्यक्तिहरू छन् ।

जथाभावी आर्थिक सहायता वितरण हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले २०६८ मा कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको हो । त्यसलाई कुनै पनि सरकारले पालना गर्ने गरेका छैनन् । अहिलेको सरकारले पनि कार्यविधि लत्याउँदै पहुँचवाला र राम्रो आर्थिक हैसियतका व्यक्तिहरूलाई सहायता बाँडेको हो । सरकारले ती व्यक्तिलाई किन आर्थिक सहायता दिइयो भन्ने उल्लेख गरेको छैन ।

मन्त्रिपरिषदले उद्योग राज्यमन्त्री मेघराज नेपाली -निषाध) लाई ३ लाख दिएको छ । जबकि, मन्त्री या उनको परिवारको कोही बिरामी भए सोझै सरकारले बेहोर्ने व्यवस्था छ । उनलाई किन थप सहायता दिनुपर्‍यो भन्ने मन्त्रिपरिाषद निर्णयमा उल्लेख छैन ।

सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ५ लाख, नरेश शाक्य -धरान) लाई १० लाख, पूर्वसभासद मोहनबहादुर खत्रीलाई २ लाख, लोकबहादुर शाही -कालीकोट) लाई २ लाख, मेखबहादुर क्षत्री -पोखरा) लाई २ लाख, गीता पोखरेल -संखुवासभा) लाई १ लाख, रमेश थारूलाई २ लाख, पञ्चकुमार राई -काठमाडौं) लाई २ लाख, मुनाकुमारी गिरी -इलाम) लाई ४ लाख, महेश थापा -सर्लाही) लाई ५ लाख, गोविन्द भट्टराई -काठमाडौं) लाई ३ लाख, सिर्जना देवकोटा -सुनसरी) लाई ३ लाख, नन्दलाल रोका -बाँके) लाई ३ लाख, ध्रुव बिष्ट -भक्तपुर) लाई ३ लाख आर्थिक सहायता दिएको छ ।

त्यसैगरी मेनकाकुमारी पोखरेल -दाङ) लाई ३ लाख, सरियारकुमारी चौधरीलाई २ लाख, अब्दुललतिफ अन्सारी -बाँके) लाई २ लाख, सरस्वती जोशी -काठमाडौं) लाई ३ लाख, कजिनसरा कार्की -झापा) लाई २ लाख ५० हजार, प्रतापराम लोहार -दार्चुला) लाई ५ लाख, भक्ति सिटौला -झापा) लाई ४ लाख, कमल जंगली -झापा) लाई १ लाख, मनोज पाण्डे -बारा) लाई ३ लाख, माधव ज्ञवाली -बाँके) लाई ३ लाख, रिता आचार्य -जाजरकोट) लाई ३ लाख, रोमहर्ष भण्डारी -दाङ) लाई ३ लाख, मेहरमान सिंह -दैलेख) लाई २ लाख, पञ्चनारायण महर्जन -काठमाडौं) २ लाख, केशबहादुर रानामगर -तनहुँ) लाई २ लाख र गरुडध्वज कन्दङ्वालाई २ लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ ।

कान्तिपुर,

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget