Websoft University

www.radiomakalu.com || 021-522512


एउटा स्वर्णिम युगको अन्त्य !



काठमाडौं, असार १४ गते । स्पेन इटलीसँग हारिहँदा इकार कासियास एक्लै बेञ्चमा बसेर त्यो दुःखद क्षण हेरिरहेका थिए । यो स्पेनका लागि युरोकप २०१६ बाट बाहिरिनु मात्र होइन, एउटा स्वर्णिम युगको अन्त्य समेत हो ।

जब रेफ्रीले खेल सकिएको संकेत गर्दै सिटी फुटे, कासियास विस्तारै मैदानमा हिडे र इटालियन गोलकिपर बुफोनसँग अंकमाल गरे ।

चार वर्षको अघिको दृश्य यस्तै थियो । फरक यत्ति हो अहिले इकार जति दुःखी छन्, त्यसबेला बुफोन थिए । इटलीलाई फाइनलमा ४-० ले हराउँदै स्पेनले २०१२ को युरोकप जितेको थियो ।

तर, इटलीसँगको हारलाई पेनको गोल्डेन इराको अन्त्यका रुपमा हेरिएको छ । यो टिमले २००८ र १२ को युरो कप र २०१० को विश्वकप जितेको थियो ।

यद्यपि २०१४ को विश्वकपमा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो । विश्वकपको हारपछि

जाभीले सन्यास लिए । यो पटक आन्द्रे इनिष्टा थिए ।

तर, इटलीविरुद्ध स्पेनका गोलकिपर डेभिड डि जियाबाहेक अरुको प्रदर्शन उल्लेख रहन सकेन । ९० मिनेटको खेलमा स्पेनले एक मात्र राम्रो अवसर सृजना गरेको थियो । खेलको अन्त्यतिर जेरार्ड पिकेको प्रहार इटालियन गोलकिपर बुफोनले सहजै रोके ।

स्पेनको टिममा २००८ मा युरोकप जितेको बेला वस्तो टिम भावना पनि देखिएको छैन । खासगरी बार्सिलोना र रियल मडि्रडको पि्रतिद्वन्द्वीता स्पेनिस टिममा आवद्ध हुँदा समेत देखिने गरेको छ ।

खासगरी सर्जिओ रामोस, सर्जिओ बुस्केट, जेरार्ड पीके जस्ता खेलाडीहरुलाई म्यानेज गर्न सजिलो छैन । यसमा प्रशिक्षक पनि दोषमुक्त छैनन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget