Websoft University

www.radiomakalu.com || 021-522512


होस् गर्नुस है, तपाई को जल बिद्युत को लगानी सरकारी हुन्छ नि


काठमाडौँ, जेष्ठ २१ गते । खानीखोला हाइड्रोपावर कम्पनीले जारी गरेको प्राथमिक निष्कासनमा (आईपीओ) मा करिब ८५ गुणा बढी आवेदन पर्‍यो । ९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयरका लागि आवेदन माग गरेकामा करिब ८ अर्ब रुपैयाँ बराबरको सेयर माग भएको छ ।



जलविद्युत्को सेयरमा यति धेरै माग भएको यो पहिलो घटना होइन । यसअघि जलविद्युत् विकास कम्पनीले २ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो । त्यसमा ४६ अर्ब रुपैयाँ बराबरको आवेदन पर्‍यो । यस्तै ङयादी ग्रुपको प्राथमिक निष्कासनमा पनि आवेदन गरेभन्दा करिब ९० गुणा बढी आवेदन परेको थियो ।

यसले जलविद्युत्प्रति सर्वसाधारणको ठूलो आकर्षण भएको देखाउँछ । अझ जलविद्युत् विकास कम्पनीले त कुन आयोजनामा लगानी गर्ने हो भन्ने टुंगो नहुँदा पनि त्यति धेरै आवेदन पर्‍यो । तर यस बीचमा धेरै सर्वसाधारण लगानीकर्ताले नबुझेको र कम्पनी तथा विज्ञहरूले बुझाउन नचाहेको वा नसकेको एउटा विषय कम्पनीको स्वामित्वबारे हो ।

जलविद्युत् ऐनले लगानीको प्रकृति हेरी २५ देखि ३५ वर्षपछि कम्पनीको स्वामित्व नि:शुल्क सरकारलाई हस्तान्तरण गर्नुपर्छ । जलविद्युत् कम्पनीमा सबै (संस्थापक र सर्वसाधारण) लगानीकर्ता बराबर हुन्छन् ।

त्यसकारण कम्पनीको स्वामित्व सरकारमा हस्तान्तरण हुँदा सर्वसाधारण लगानीकर्ताको लगानी पनि स्वत: सरकारको हुन्छ । यसमा बारेमा अधिकांश लगानीकर्ता अनभिज्ञ छन् ।

अधिकांश लगानीकर्ताले कम्पनीको वास्तविक अवस्था नबुझी हल्लाको भरमा लगानी गरिरहेका छन् । यसले भोलिका दिनमा धेरै लगानीकर्ता समस्यामा पर्ने सम्भावना अत्यधिक छ ।


यसबारे अहिले कुनै निकायको ध्यान पुगेको छैन । लगानीकर्ताले पनि आज १ सय रुपैयाँमा खरिद गरेको सेयर केही महिनामै त्योभन्दा धेरैमा बेच्न पाइने आशामा लगानी गरिरहेका छन् ।

सरोकारवाला निकाय र सर्वसाधारण दुवैतर्फ पर्याप्त सूचना (जानकारी) नभएकाले जलविद्युत् क्षेत्रका कम्पनीहरूमा लगानीकर्ता ओइरिएको संसद्को कृषि तथा जलस्रोत विकास समितिका सभापति गगन थापाले बताए ।

‘सरकार र सर्वसाधारण दुवैतिर पर्याप्त सूचनाको अभाव छ,’ उनले भने, ‘सरकारले बुझाउन सकेको छैन । सर्वसाधारणले बुझ्न चाहेका छैनन् ।’ उक्त कारण यसबारे छलफल गर्ने बेला भएको उनले बताए । सरकार र सरोकारवाला निकायले कम्पनीको सेयर हस्तान्तरण प्रक्रियाबारे स्पष्ट रूपमा बुझाउनुपर्छ,’ उनले भने ।

सर्वसाधारण लगानीकर्ताले जलविद्युत् कम्पनीलाई पनि अन्य कम्पनीजस्तै ठानी लगानी गरेकाले यी कम्पनीको प्रकृतिबारे उनीहरूलाई बुझाउनुपर्ने उनको तर्क थियो ।

विगतका अनुभवका आधारमा समय सान्दर्भिक जलविद्युत् विकाससम्बन्धी ऐन निर्माण अपरिहार्य रहेको जनाउँदै उनले भने, ‘जलविद्युत्सम्बन्धी ऐन निर्माणको प्रक्रियामा छ । योसम्बन्धी धेरै कुरा ऐनमै समावेश हुने आशामा छौं ।’ तर, सर्वसाधारण लगानीकर्तालाई यो कुरा बुझाउन ढिला भएको उनले बताए ।

कम्पनीको अवस्था र प्रकृतिबारे नबुझी थोरै लगानीमा छिट्टै राम्रो प्रतिफल पाउने आशाले जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको उद्योग वाणिज्य महासंघ जलस्रोत समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले बताए ।

‘१ सय रुपैयाँमा किनेको सेयर केही महिनामै न्यूनतम पनि ४/५ सय मा बेच्न पाइन्छ,’ उनले भने, ‘यही कारण लगानीकर्ताले दीर्घकालका बारेमा सोचेका छैनन् ।’

अन्य क्षेत्रका कम्पनीहरूको तुलनामा जलविद्युत् कम्पनीहरूको आम्दानी धेरै रहेको उनले बताए । उनले भने, ‘आयातमा भन्सार छुट, मूल्यअभिवृद्धि कर (भ्याट) मा छुट, आयकरमा १० प्रतिशत छुट लगायत कारण जलविद्युत् कम्पनीको प्रतिफल राम्रो हुन्छ ।’

निश्चित समय पनि जलविद्युत् कम्पनीको सम्पूर्ण सेयर स्वामित्व सरकारको हुने विषय अधिकांश लगानीकर्तालाई जानकारी नभएकाले भविष्यमा कस्तो असर पर्ला भन्ने कान्तिपुरको जिज्ञासामा उनले भने, ‘त्यस विषयमा सोच्ने बेला भएकै छैन ।’

३५ वर्षको अवधिमा लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल उठाइसक्ने उनको दाबी थियो । अहिले सञ्चालनमा रहेका कुनै पनि जलविद्युत् कम्पनी १० वर्ष नपुगेको उदाहरण दिँदै उनले भने, ‘तोकिएको अवधिमा सबै लगानीकर्ताको लगानी उठिसक्छ ।’ तर, २/४ वर्षपछि धितोपत्र बोर्ड, नेप्से र सम्बन्धित कम्पनीहरूले यसबारे व्यापक रूपमा जनचेतना फैलाउनुपर्ने उनले बताए ।

लगानीकर्ताले बुझेर मात्र जलविद्युत् कम्पनीको सेयरमा लगानी गरेकाले दीर्घकालमा कुनै समस्या नआउने पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘बजार निकै परिपक्व भएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा लगानीकर्ताले नबुझेरै लगानी गरे भन्न मिल्दैन ।’

कम्पनीको सेयर स्वामित्व कसरी, कुन विधिबाट हस्तान्तरण हुने, लगानीकर्ताको अवस्था के हुने बारेमा स्पष्ट कानुन छैन । त्यसकारण नयाँ बन्ने ऐनमा उक्त कुरा समेटिनुपर्ने उनको सुझाव छ । ‘नयाँ ऐनमा सबै कुरा समेटिन सक्छ । यसै कारण लगानीकर्ताको आकर्षण बढेको हुन सक्छ ।’

हाल नेप्सेमा जलविद्युत् समूहमा ७ वटा कम्पनी सूचीकृत छन् । यो समूहको उपसूचक २ हजार ५ सय दशमलव ५० अंक छ । यो नेप्सेमा सूचीकृत नौ वटा समूहमध्ये दोस्रो धेरै हो ।

http://bit.ly/1O76fyB

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget