शुक्रबार सुनसरी सदरुमकाम इनरुवा आउनुभएका उपप्रधानमन्त्री थापाले इनरुवा नगरपालिकाको अनुगमन गर्दै धन्यवाद दिनुभएको हो ।
इनरुवा नगरपालिकाले न्यूनतम मापदण्ड पूरा गरेसँगै अन्य कार्यक्रम र गतिविधिमा सकारात्मक भूमिका निर्वाह गरेको र जिम्मेवारीपूर्ण काम गरेको भन्दै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका थापाले कार्यशैलीको प्रशंसा गर्नुभएको हो ।
प्रभावकारी काम गरेको भन्दै कार्यकारी अधिकृत राभचरित्र मेहतासहित कर्मचारीलाई धन्यवादसहित जिम्मेवारपूर्ण कार्यशैलीको प्रशंसा गर्नुभयो ।
प्रभावकारी काम गरेको भन्दै कार्यकारी अधिकृत राभचरित्र मेहतासहित कर्मचारीलाई धन्यवादसहित जिम्मेवारपूर्ण कार्यशैलीको प्रशंसा गर्नुभयो ।
उहाँले स्थानीय निकासका लागि जिविस र नरपालिका तथा गाविसले लिएको पहल कदमी स्वागतयोग्य रहेकाले त्यसलाई पारदर्शी रुपमा सम्पादन गर्न स्थानीय निकायका कर्मचारी र अधिकारीलाई आग्रह गर्नुभयो ।
purbelinews.
Post a Comment