Websoft University

www.radiomakalu.com || 021-522512


राजनीतिक उपचार खोज्न भारत गएको होइन : थापा

काठमाडौँ, जेष्ठ ३१ गते। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफू राजनीतिक उपचार खोज्न दिल्ली नगएको बताएका छन् । तीन दिनको भारत भ्रमणपछि स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थापाले आन्तरिक राजनीतिक मामिलालाई कुनै मुलुकमा गएर उपचार गर्ने मानसिकताबाट माथि उठ्नुपर्ने बताए ।



‘धेरैलाई लागेको होला परराष्ट्रमन्त्री भारत गएको छ, अब के लिएर आउँछ म त्यस्तो प्रेस्किप्सन लिन भारत गएको होइन,’ उनले भने, ‘नेपाल सार्कको अध्यक्ष अनि दक्षिण एसियाली विश्वविद्यालयको कार्यक्रम रहेकाले अनौपचारिक छलफल पनि हुने भएर त्यहाँ गएको हो ।’ उनले यस्तो लगातार अन्तक्र्रियाले दुईपक्षीय सम्बन्ध सुमधुरतातर्फ अघि बढेको र छिमेक तथा मित्रराष्ट्रसँग सम्बन्ध सुमधुर राखेर नै नेपालले आफ्नो विकास गर्ने बताए ।

विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहको अध्यक्षता गर्न नयाँदिल्ली पुगेका थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, बुद्धिजीवी, नेपालका मित्रलगायतसँग भेटघाट गरेका थिए । अन्य उच्चस्तरीय भेटघाट भने तय हुन सकेन ।

थापा उपप्रधानमन्त्री भएपछि यो चौथो भारत भ्रमण हो । उनी तीन सातापछि पुन: भारत जाने सम्भावना छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण अन्तिम समयमा आएर स्थगन भएपछि भारतको नेतृत्वले चित्त दुखाएको थियो । त्यो चित्तदुखाइ आफूसँगको भेटमा पनि व्यक्त गरिएको र नेपालको राजनीतिक यथार्थता बुझ्न आग्रह गरेको थापाले बताए । नेपालको अवस्था नै राष्ट्रपतिले मुलुक छोड्न नमिल्ने भएर भ्रमण रोकिएको र त्यसमा अन्य कारण नभएको जानकारीसमेत दिएर सम्बन्ध सुधार र अन्य असमझदारी चिर्न प्रयास गरेकोसमेत उनले बताए । उनले भने, ‘नेपाल र भारतका राष्ट्रपतिले एकअर्काको देशमा उपयुक्त समय मिलाएर भ्रमण गर्ने समझदारी भएको छ ।’ नेपालको अवस्थालाई भारतले समेत बुझेको उनले जानकारी दिँदै उपप्रधानमन्त्री थापाले भने, ‘पहिले के भएको भन्दा पनि अब कसरी अघि बढ्ने भन्नेमा नै हामी केन्द्रित हुन आवश्यक छ ।’

नेपाल र भारतबीच अवरुद्ध बैठक अघि बढाउन दुवै मुलुक सहमत भएकोबाट पनि सम्बन्ध सुधारतर्फ अघि बढेको संकेत मिलेको थापाले उल्लेख गरे । अर्को महिना नेपाल–भारत संयुक्त आयोग (परराष्ट्रमन्त्री स्तरीय) को बैठक पनि दिल्लीमा बस्ने सहमति भइसकेको छ ।

सबै प्रकारको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको उनले बताए । नेपाल र भारतबीच रहेको शान्ति तथा मैत्री सन्धिदेखि अन्य विविध समस्या समाधानका लागि बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को बैठकसमेत अब छिट्टै बसेर समस्या समाधानमा सहकार्यसहित अघि बढ्न सहमति जुटेको छ । यस अलावा पनि नेपाल–भारतका अन्य बैठक पनि समाधान दिने गरी नै अघि बढाइनेमा दुवै पक्ष उत्तिकै सजक देखिएको परराष्ट्र अधिकारीहरूले बताए ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget