Websoft University

www.radiomakalu.com || 021-522512


बाबुरामको पार्टी घोषणा आज, एक लाख मान्छे उतार्ने दाबी


काठमाडों , जेष्ठ ३० गते । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा आज हुँदै छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह १२ बजे कार्यक्रम आयोजना गरि पार्टी घोषणा गर्न लागिएको हो । सभामा एक लाख मानिस उतार्ने नयाँ शक्तिले दाबी गरेको छ ।
आयोजना गरिने कार्यक्रममा विशेष कार्यक्रम गरी पार्टी घोषणा गर्न लागिएको हो । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नाराका साथ गर्न लागिएको नयाँ पार्टीको घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतासहित २५ देशका राजदूतलाईसमेत निम्ता गरिएको बताइएको छ ।
घोषणासभामा सहभागी हुन विभिन्न देशका पार्टी प्रतिनिधिहरुसमेत उपस्थित हुने बताइएको छ । पार्टी घोषणा सभामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संवैधानिक अंगका प्रमुख, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत देशभित्रका सवैजसो दल, सांसदलगायत पाँचसयजनालाई अतिथिका रुपमा अमन्त्रण गरिएको जनाइएको छ ।
कार्यक्रममा सहमागीहुन भारतबाट राष्ट्रवादी कांग्रेसका डिपी त्रिपाठी, जनता दल युनाइटेडका केसी त्यागी, बहुजन समाजवादी पार्टीका सुधीन्द्र भदोरिया, आनन्दस्वरुप वर्मा काठमाडौं आएका छन् ।
घोषणा सभाअघि कुपण्डोल, बबरमहल, कालीमाटी र रत्नपार्कबाट र्‍यालीसहित रंगशालामा पुग्ने कार्यक्रम तय गरिएको नयाँ शक्ति नेपालले जनाएको छ ।
पार्टी घोषणापछि सोमबार र मंगलबार छलफल सत्रको कार्यक्रम तय गरिएको छ । छलफल सत्रमा नयाँ शक्तिका आधारतत्व शीर्षकमा राजनीतिक प्रतिवेदनसहित संगठनात्मक सिद्धान्त र विधान, विकास र संवृद्धिको मार्गचित्र गरी तीनवटा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । छलफल सत्रबाट तीन उपाध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय समित बिनाइने नयाँ शक्ति नेपालले जनाएको छ ।
यसअघि शनिबार पत्रकार सम्मेलन गरी नयाँ शक्ति नेपालले हालसम्म १ लाख १४ हजार ५ सय ४६ जनालाई सदस्यता वितरण गरिएको जानकारी दिएको छ । अहिलेसम्म सदस्यतालगायतका शुल्कबाट १ करोड ७६ लाख ६५ हजार ३ सय आम्दानी देखाएको नयाँ शक्तिले पार्टी घोषणासभामा १ करोड ५ लाख खर्च हुने प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । - अनलाइन खबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget