Websoft University

www.radiomakalu.com || 021-522512


पीडितसँगै घूस लिएपछि असई निलम्बित


विराटनगर, जेष्ठ २७ गते ।  प्रहरीले कुनै पनि घटना वा अपराधमा संलग्नलाई उन्मुक्ति दिनका लागि पीडकसँग घूस लिएका र लिने गरेका उदाहरण धेरै छन् । 




घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा संलग्न प्रहरी अधिकारीले विभिन्न घटना र अपराधलाई ढोकछोप गर्न, अभियुक्तलाई कानुनी कारवाही नबढाउन र कारवाही अघि बढाउनै पर्ने भएपनि कमजोर मिसिल तयार पार्न पीडकपक्षसँग् घूस लिने गरेका धेरै घटना सुनिन्छ ।


तर प्रहरीले घटनाबाट पीडित भएकैसँग घूस लिएको कुरा भने नौलो हो । मोरङको सुन्दरदुलारीस्थित गछिया प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दीपककुमार बस्नेतले घटना मिलाउने भन्दै पीडितसँगै ३० हजार रुपैयाँ घूस लिएको कुरा सार्वजनिक भएको छ ।

दुर्घटनाका पीडितसँग घूस लिएको कुरा सार्वजनिक भएपछि निलम्बन गरेर उनीमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ ।

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले खोटाङको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क दरबन्दी भएर मोरङमा कार्यरत असई बस्नेतलाई निलम्बन गरेका हुन् ।

‘निलम्बन गरेर बस्नेतमाथि कारवाही अघि बढाउनका लागि थप अनुसन्धान सुरु गरिएको छ,’ डीआईजी घिमिरेले भने, ‘छानविनको प्रारम्भीक चरणमा दुर्घटनाका पीडितसँग घूस लिएको पुष्टि भएको छ ।’

सुन्दरदुलारी–७ गछिया खोलाको पुलमा गत बैशाख १५ गते भएको सवारी दुर्घटनाका पीडितसँग बस्नेतले घूस लिएको पुष्टि भएको डीआईजी घिमिरेले बताए ।

त्यतिबेला को १ च ४७४९ नम्बरको भेनले ठक्कर दिंदा को १८ प ५४३ नम्बरको मोटरसाइकलका चालक मोरङको दादरबेरिया–२ का जयप्रकाश साह, उनकी श्रीमती र नाबालक दुई छोराछोरी घाइते भएका थिए ।

उपचारका लागि भन्दै भेन चालक सुनसरीको तरहराका सूर्यबहादुर घिसिङले ३० हजार रुपैयाँ घाइतेलाई दिएका थिए ।

उपचारका लागि भ्यान चालकले दिएको पैसा डर, धम्की र त्रास देखाएर असई बस्नेतले पीडितसँग लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सवारी चालक अनुमति पत्र लगायत मोटरसाइकलको कागजपत्र नभएकाले उल्टै मुद्धा लगाएर कारवाही अघि बढाउने भन्दै धम्की दिएपछि कारवाहीमा पर्ने डरले मोटरसाइकल चालक साहले उपचार बापत पाएको पैसा असई बस्नेतलाई बुझाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

भ्यान चालकलाई प्रहरीले कुनै कारवाही समेत अघि बढाएन । ‘पीडकलाई कारवाही अघि बढाएर पीडितलाई न्याय दिनु पर्ने ठाउँमा पीडितसंगै घूस लिएको पाइयो । यस घटनामा प्रहरी चुकेको छ,’ घिमिरेले भने, ‘लाइसेन्स लगायतका मोटरसाइकलको कागज पत्र नभएका कारण घटना मिलाउन भन्दै पीडितसंग घूस लिएको पुष्टि हुन्छ । भेन चालकले दिएको उक्त पैसा मोटरसाइकल चालकको हातबाट लिएको देखिन्छ ।’

निलम्बन गरेर थप अनुसन्धान थालिएको बताउँदै डीआईजी घिमिरेले भने, ‘यस घटनामा थप प्रमाणहरु जुटाउने र खोज्ने काम भइरहेको छ ।’

उनले घटनाको सबै अनुसन्धान सकिएपछि यस विषयलाई लिएर सरकारी नोकरीका निम्ति भविष्यमा समेत अयोग्य ठहरिने गरी जागिरबाट बर्खास्त गर्न सकिने बताए ।

घिमिरेले काम कारवाहीका सिलसिलामा यो वा त्यो वहानमा घूस लिने कुनै पनि प्रहरी अधिकारीलाई उन्मुक्ती दिन नसकिने स्पष्ट पारे । 


annapurnapost.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget