Websoft University

www.radiomakalu.com || 021-522512


सहमतीय सरकार गठन सम्भव छैन : अधिकारी




इलाम , असार  ३   गते – नेकपा (एमाले) केन्द्रीय सदस्य तथा संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले अहिलेको परिस्थितिमा सहमतीय सरकार गठन हुन नसक्ने बताएका छन् ।

अनेरास्ववियु जिल्ला कमिटी इलामको बिहीबार २२औँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै अधिकारीले नेपाली काँग्रेसका कारण सहमतीय सरकार बन्न नसक्ने बताए ।

उनले संविधान सहमतिमा जारी भएको तर भारतले गरेको नाकाबन्दीको बेला सहमतिबाट नेपाली काँग्रेस भाग्नु नाकाबन्दीको अघोषित समर्थन ठहर भएको बताए ।

काँग्रेसले आत्मनिर्णय गर्न नसक्दा सहमतीय सरकार गठनमा चुनौती रहेको अधिकारीले जिकिर गर्दै अझै पनि एमाले सहमतीय सरकारकै पक्षमा रहेको विचार व्यक्त गरे । सभापति अधिकारीले सरकारले उत्तर दक्षिण राजमार्ग बनाई दुवै छिमेकी देशसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यापार बढाउन चाहेको बताए ।

अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष नविना लामाले १० वर्षअघिदेखि अनेरास्ववियुले उठाउँदै आएको शैक्षिक प्रमाणपत्र धितो राखेर व्यावसायिक ऋण पाउनुपर्छ भन्ने मुद्दालाई शिक्षा विधेयक र बजेटले सम्बोधन गरेकाले बेरोजगारी समस्यामा सु्धार आउने बताए । -रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget