Websoft University

www.radiomakalu.com || 021-522512


पहिलो महाधिवेशन गर्दै तमलोपा

काठमाडौँ , जेष्ठ २७ गते। तराई मधेस लोकतान्त्रिक पार्टीले पहिलो राष्ट्रिय महाधिवेशन गौतम बुद्धको मामाघर रामग्राममा गर्ने भएको छ । असार ६ गते नवलपरासीको उक्त सहरमा उद्घाटन हुने महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेकेा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । बुधबार सञ्चारकर्मीसँग संक्षिप्त भेटमा ठाकुरले महाधिवेशनका लागि प्रधानमन्त्री केपी ओलीलगायत सबै दलका नेतालाई निम्ता पठाइने समेत खुलाए ।



यसअघि फागुनमा भएका कांग्रेस महाधिवेशन तथा वैशाखमा भएको फोरम लोकतान्त्रिकको महाधिवेशन भने तमलोपासहित सबै मधेसवादी दलले बहिष्कार गरेका थिए । 'अरु कसैले हामीलाई छुवाछुत गर्‍यो होला, तर हाम्रो कसैलाई छुवाछुत गर्ने नीति छैन,' तमलोपा अध्यक्ष ठाकुरले ठूला दलहरुलाई कटाक्ष गर्दै भने, 'हामीले सबैलाई खुला हिसाबले निम्ता गरेका छौं ।' यद्यपि कांग्रेस र फोरम लोकतान्त्रिक दुवैले आफ्नो महाधिवेशनमा मधेसवादी दललाई निम्ता भने पठाएका थिए । त्यस बेला 'मधेसविरोधी संविधान जारी गर्ने दललाई बहिष्कार' गर्ने नीतिअनुरुप महाधिवेशनमा नगएको तमलोपा यसपल्ट आफ्नो महाधिवेशनमा भने प्रधानमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्रलगायतका प्रमुखहरुलाई निम्ता दिन लागेको हो ।

तमलोपा महामन्त्री तथा प्रचार प्रसार तथा संचार समिति संयोजक जितेन्द्र सोनलले बुधबार पार्टी मूख्यालयमा पत्रकारसित छलफल कार्यक्रममा भने, 'गौतम बुद्धको मामाघर भएको क्षेत्र ऐतिहासिक रुपमा महत्वपूर्ण हुदाहुदै पनि आर्थिक, सामाजिक दृष्टिकोणले एकदमै पिछडिएको हुनाले सबैको ध्यानाकर्षण गराउने गरी रामग्रामलाई रोजेका हौं ।' सोनलले चीन, म्यानमारलगायत बुद्ध धर्म मान्ने देशका समेत प्रतिनिधि उक्त महाधिवेशनमा पुग्ने हुनाले त्यसको महत्व रहेको उल्लेख गरे । सबै मधेसवादी दलले महाधिवेशनलगायत मूख्य गतिविधि पूर्वी मधेसमा केन्दि्रत गर्दैगर्दा तमलोपाले भने मध्य तराईमा आफ्नो गतिविधि बढाउदै आएको छ ।

तीन दिन चल्ने महाधिवेशनमा काठमाडौं उपत्यकाका तीन जिल्ला सहित २५ जिल्लाबाट १ हजार प्रतिनिधि र चार सय पर्यवेक्षक आउने सोनलले जानकारी दिए । भारत, चीन, युरोपेली युनियन, बंगलादेश, चीन म्यानमारलगायत विभिन्न देशका प्रतिनिधि निम्ता गरिएको दलले जनाएको छ ।

तमलोपाले विधान, नीति कार्यक्रमलगायत दस्तावेज तयारीको काम अन्तिम चरणमा पुर्‍याएको छ । तमलोपा महाधिवेशनका लागि वृजेश गुप्ता संयोजक रहेको विधान संशोधन तथा परिमार्जन समिति र वृषेशचन्द्र लालको नेतृत्वमा राजनीतिक दस्तावेज तयारी समिति र सर्वेन्द्रनाथ शुक्ल नेतृत्वको नीति तथा कार्यक्रम निर्माण समितिले काम गरिरहेका छन् । तमलोपाले महाधिवेशनको नारा 'संघर्ष, समानता और सम्मान का, मधेसी राष्ट्रकी पहचान का' तयर गरेको छ । २०६४ सालमा स्थापित तमलोपा पहिलो पटक महाधिवेशन तयारीमा जुटेको हो ।

महाधिवेशन तयारीका कारण तमलोपाले राजधानीमा जारी संघीय गठबन्धनको अनशनमा भाग लिन नभ्याएको प्रष्टीकरण दिने गरे पनि मधेसी मोर्चाभित्रको अन्तर्विरोध कारक रहेको बुझिएको छ । महामन्त्री सोनलले त्यसको संकेत गर्दै दुई-तीन दिनभित्रै सबै कुरा बाहिर आउने बताए । 'यसभित्र -अनशन) थुप्रै कुरा छन्, यसबारे दुई-तीन दिनभित्रै सबै कुुरा बाहिर आउछ, अहिले धेरै कुरा नगरौं,' उनले सञ्चारकर्मीसित भने ।

अरु मधेसवादी दल पनि महाधिवेशनमा
लामो समयदेखि महाधिवेशन नगरेका मधेसी दल पछिल्लो समय पालैपालो महाधिवेशनमा जुटेका हुन् । यसअघि सत्तारूढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले वैशाख २० देखि २२ सम्म विराटनगरमा पहिलो महाधिवेशन गर्‍यो । अनिलकुमार झा नेतृत्वको सद्भावना पार्टीले चैत २६ देखि २८ सम्म जनकपुरमा महाधिवेशन गरेको थियो । जनकपुरमा तीन वर्षअघि महाधिवेशन गरेको सद्भावना पार्टी आगामी वैशाखमा महाधिवेशन तयारीमा छ । शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले गत २०६९ असार १३ गते काठमाडौंमा सम्मेलन गरेर पार्टी घोषणा गरेको थियो ।

अर्को दल फोरम गणतान्त्रिकले २०६९ असोज २० मा वीरगन्जमा महाधिवेशन गरिसकेकाले उपयुक्त बेलामा अर्को महाधिवेशन गर्ने अध्यक्ष राजकिशोर यादवले बताए । अर्को दल तराई-मधेस सद्भावना पार्टीले २०७० भदौमा वीरगन्जमा महाधिवेशन गरेकाले तीन वर्षपछि मात्रै आयोजना हुने वरिष्ठ नेता रामनरेश राय यादवले बताए । संघीय समाजवादी फोरमले भने तत्काल आन्दोलन आफ्नो प्राथमिकतामा रहेकाले उपयुक्त समय हेरेर महाधिवेशन गर्ने बताएको छ ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget