Websoft University

www.radiomakalu.com || 021-522512


खुल्ला दिसामुक्त अभियानले लियो ज्यान

विराटनगर, असार १ गते  । नेपालमा अनेक थरीका सरकारी  योजना र कार्यक्रमहरु घोषणाहुन्छन् । ति मध्ये धेरै जसो योजनाहरु विना पूर्व तैयारी र विकल्पको अवैज्ञानिक हुन्छन् ।



सरकारले सञ्चालनमा ल्याएको खुल्ला दिसामुक्त क्षेत्रले जनतालाई राहत भन्दापनि सास्ती बढि दिएको छ । सरकारले यो कुन अदृश्य शक्तिको आदेशमा यो खुल्ला दिसामुक्त क्षेत्र ल्यायो जसले पहुँचवाला र पैसावाललाई त राहत दियो होला तर निमुखा र गरीब नेपाली जनतालाई घाँटीको हाड बनाइदियो जुन न त निल्न मिल्छ न त ओकल्न मिल्छ ।

गरीब जो संग जमिन कम छ, जसो तसो घर छाएको छ वा ऐलानीमा टाउको लुकाएको छ , ऊसंग कुन पैसा छ र चर्पी बनाओस् ? उसले दिनभरि कमाएको पैसाले चामल किनोस् कि चर्पी बनाओस् ।  न त चर्पीको लागि कतैबाट कुनै अनुदान नै छ  ।

सरकारले खुल्ला दिसामुक्त क्षेत्र बनाउने नै हो भने सार्वजनिक शौचालयमा जोड दिन सक्नु पथ्र्यो । यस्तै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गराउने र तक्मा थाप्ने होडवाजी बीच भौडाहा गाविसका एक सर्वसाधारणको मंगलवार मृत्यु भएको छ ।

गाविसले जसरीपनि भौडाहालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गराउने हठले एक रिक्सा मजदूरले आप्mनो ज्यानको आहुति दिएकाछन् । गाविसका कर्मचारीले सोझा निमुखा जनतालाई खेतमा गई सौच गरेमा वा शौचालय नबनाएमा थुन्ने र बेज्जती गर्ने भनि धम्काएपछि थुनिने डरले भौडाहा गाविस वडानं ८ का ४५ वर्षिय चैतुलाल सरदार चर्पीको हजको रिंग र प्यान लिन गाविसको चक्कर काटन् थाले ।

लगातारको तीन चार दिनको गाविस कुदाईले थकित चैतुसंग गाविसका खरदार विश्वनाथ सरदारको विवाद भयो । गाविसलाई रु १००० बुझाएपछि रिंग र प्यान पाउने भएपनि विश्वनाथले अलि बढि रकमको माग गरेको स्थानियहरु बताउँछन् । विवाद बढेपछि चैतुलाई  गाविसका खरदार विश्वनाथले गाविसको कोठामा थुनिदिए । केहि बेरपछि विश्वनाथले चैतुले आत्महत्या गरेको हल्ला फैल्याउन थाले ।
 उनी भ्mयालको डण्डीमा झुण्डीएर मरेको देखियो ।  लासको प्रकृति हेर्दा घाँटीमा तौलिया त गाठो पारेको तर सुर्केना नभएको देखियो  । कम्मरमा गम्छा बेरेका चैतुको एकहातमा खैनीको पुडिया थियो भने गोडा भ्mयाल अगाडीको चौडा भागमा अडिएको देखिएको थियो भने अनुहारमा खुनको थोपा बगेको देखिन्थ्यो ।

स्थानियहरुले चैतुको झुण्डीएर नभई रड प्रहारबाट हत्या भएको आशंका गर्दै गाविस खरदार विश्वनाथ सरदारमाथि हदैसम्मको कारवाहीको माग गरेकाछन् । चैतुका आफन्तहरुले पोष्टमार्टमको रिर्पोटको पारदर्शी र निश्पक्ष जाँचबुझ गरी सत्यतथ्य बाहिर ल्याउन प्रशासनसंग माग गरेकाछन्  । प्रहरीले भने पोष्टमार्टम रिर्पोट आएपछि मात्र केहि भन्ने स्थिति रहेको बताएको छ ।


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget