Websoft University

www.radiomakalu.com || 021-522512


बाबुरामको ‘नयाँ शक्ति नेपाल' पार्टी घोषणा आइतबार


प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई पनि निम्तो


काठमाडौं , जेष्ठ २९ गते । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आइतबार औपचारिक रुपमा पार्टी घोषणा गर्दै छ । बाबुरामले राजधानीको दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्न लागेका हुन् ।

आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । बन्दसत्रले पार्टीका थप पदाधिकारीको समेत टुङ्गो लगाउने छ ।

पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ ।

घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने उनले बताए ।

प्रधानमन्त्री केपी ओलीसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ ।

घोषणा सभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप वर्मालगायत काठमाडौँ आइपुगेको देवकोटाले जानकारी दिए ।

कुपोन्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने जुलुस अपराह्न १२ बजेभित्र रङ्गाशालामा प्रवेश गरिसक्नेछन् ।

जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस भनी पैदलमार्गको बाटोबाट जुलुस सञ्चालन गरिने प्रवक्ता देवकोटाले बताए ।

‘प्रदर्शनमा आउनेमध्ये एकहजार ५०० प्रतिनिधिलाई बिरर्यानी खुवाउने नयाँशैली अपनाइने सो पार्टीले जनाएको छ ।‘

अबको निकास आर्थिक विकास' भन्ने नारासहित एक लाखभन्दा बढीलाई एकैपटक संस्थापक सदस्य बनाउने तयारी सो पार्टीले गरेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget