Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ शक्तिले एमालेबाहेक अरु पार्टीलाई धक्का


काठमाडौँ, जेष्ठ ३१ गते। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आफ्नो पार्टीबाहेकलाई धक्का दिन सक्ने बताएका छन् ।



दशरथ रंगशालामा आइतबार नयाँ शक्ति नेपालको घोषणासभामा प्रधानमन्त्री ओलीको वैकल्पिक राजनीतिक दलको सम्भावना रहेको बताए । ‘म यो पार्टीको सम्भावना देख्छु, आग्रह-पूर्वाग्रह राख्दिन,’ शुभकामना मन्तव्य राख्दै उनले भने, ‘एमाले बाहेक अरुलाई धक्का दिन सक्छ ।’

प्रधानमन्त्रीले नयाँ राजनीतिक पार्टीबाट आफू पनि आशावादी भएको बताए । ‘बन्दै गरेको पार्टीले यो गरेन उ गरेन भन्न मिल्दैन,’ उनले भने, ‘देश, जनता, राष्ट्रिय एकता, शान्ति, समृद्धि, स्थायीत्व, एकता र विकासका लागि काम गरोस् ।’

प्रधानमन्त्री कार्यक्रमस्थलमा उपस्थित हुँदा उपस्थित कार्यकर्ता एवं शुभचिन्तकले ताली बजाएर स्वागत गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालगायतका नेताहरुले शुभकामना दिएपछि ढिला गरी प्रधानमन्त्री रंगशाला पुगेका थिए ।

प्रधानमन्त्रीले नेपालमा राजनीतिक दलको अभाव नरहेको उल्लेख गर्दै भने, ‘संसदमा ३०/३२ वटा पार्टी छन्, निर्वाचन आयोगमा २ सय जति छन्, देशलाई अगाडि बढाउन पार्टी चाहिन्छन्, यो पार्टी त्यसतर्फ अगाडि बढोस् ।’

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममार्फत सरकारले देश विकासको संकल्प लिएको उल्लेख गर्दै नयाँ शक्ति नेपालले पनि देशले नेपालको आर्थिक उन्नति र विकासका लागि सकारात्मक भूमिका खेल्ने अपेक्षा राखे ।

प्रधानमन्त्रीले संविधानले कुनै पनि भूगोल, जाति, भाषा र संस्कृतिका जनताका लागि विभेदको नीति नलिएको बताए । ‘तर कतै अभाव छ भने संविधान सच्याउन सकिन्छ,’ उनले भने ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget