अफगानिस्तान, असार ८ गते ।. सरकारले सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान पठाएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरी शर्माका अनुसार बिहान साढे ३ बजे काबुलको लागि एयरबस पठाइसकिएको छ ।
शर्माका अनुसार शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ । उनले भने, 'हामीले साढे ११ बजे जहाज अवतरण गर्ने सेड्युल बनाएका छौं । तर अहिलेसम्म उता (काबुल) बाट केही खबर आएको छैन ।'
उक्त विमानमा त्यहाँबाट घर फर्कन चाहने नेपालीलाई समेत ल्याउने सरकारको निर्णय छ। सरकारले नेपालीको शव ल्याउन तीन फरक–फरक फ्लाइट कनेक्ट गर्नुपर्ने भएपछि चार्टर विमान पठाएको हो।
परराष्ट्र मन्त्रालयले मंगलबार गरेको संक्षिप्त प्रेस ब्रिफिङमा प्रवक्ता भरतराज पौड्यालले घाइतेको उचित उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र शवलाई नेपाल ल्याउन
पहल भइरहेको बताए। ‘जतिसक्दो छिटो शवहरूलाई नेपाल ल्याएर आफन्तजनको जिम्मा लगाउने कोसिसमा छौं,’ पौड्यालले भने।
पौड्यालले सरकारले नागरिकको सुरक्षा र सुविधाका लागि कुनै कसुर बाँकी नराख्ने भन्दै यस्तो निर्णय लिएको जानकारी दिए।
Post a Comment