Websoft University

www.radiomakalu.com || 021-522512


संसद बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ, असार १५ गते ।व्यवस्थापिका संसद्को बैठक तीन घन्टाका लागि पर सरेको छ ।आज बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेषकारण स्थगन गर्नुपरेको जनाउँदै आजै २ बजे सम्मका लागि सारिएको व्यवस्थापिका संसद्ले सचिवालयले सूचाना टाँस गरी जानकारी गराएको छ ।
ca hall


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख र दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख दिनुपर्ने मागलाई कुन प्रक्रियाबाट सम्बोधन गर्ने विषयमा गठित कार्यदलको बैठक अहिले जारी रहेको छ ।

बैठक जारी रहेकाले सदनको बैठक पर सारिएको हो । सो कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दलका सो मागका बारेमा सहमति हुन सकेको छैन ।

कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य डा प्रकाशसरण महत, नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ रहेका छन् ।
यसैगरी सत्तारुढ दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका कृष्ण सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता दिलनाथ गिरी छन् ।- रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget