काठमाडौ , जेष्ठ २० गते । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा ७३ दशमलव २५ गुणा आवेदन परेको छ । कम्पनीले जारी गरेको ९ लाख ३१ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेकोमा १ लाख ३५ हजार आवेदनबाट कुल रू. ६ अर्ब ८२ करोडको माग गरेको छ ।
कम्पनीले असार मसान्तसम्ममा शेयर बाँडफाँट सक्न बिक्री प्रबन्धक सिभिल क्यापिटललाई निर्देशन दिएको छ । यसो हुनुमा प्राविधिक समस्या देखिएपनि निष्काशन बन्द भएको कम्तिमा ५० दिन भित्र बाँडफाँट गरिसक्नुपर्ने नियम रहेको छ । कम्पनीले जेठ १६ गतेदेखि जेठ १९ गते सम्म शेयर निष्काशन गरेको थियो । कतिपय आवेदन फारम स्पष्टसँग नभरिएको, केरमेटभएको कारणले गर्दापनि आवेदन अस्वीकृत हुने सम्भावना रहेको सिभिल क्यापिटलले उल्लेख गरेको छ ।
नेप्सेमा सूचिकृत भइसकेपछि कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम रू. ९० देखि रू. २ सय ६४ मूल्य रेञ्ज पाउने सम्भावना रहेको छ । कम्पनीको प्रक्षेपित वित्तीय विवरण अनुसार चालू आव अन्त्यमा नेट वर्थ रू. ८८ दशमलव २० पुग्ने देखिन्छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थ र त्यसको तीन गुणा सम्म मूल्य रेञ्ज दिने व्यवस्था छ । - आर्थिक अभियानबाट
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.