Websoft University

www.radiomakalu.com || 021-522512


काबुलमा मारिएकाको शव बुझ्न प्रधानमन्त्री विमानस्थल जाँदै


काठमाडौंः अफगानिस्तानको काबुलमा तालिवानको आत्मघाती बम विस्फोटमा परी मारिएका १२ जना युवाहरुको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाने भएका छन् ।
‘काबुलबाट दिउँसो १ बजेतिर शव र घाइते युवा बोकेर नेपाल वायुसेवा निगमको जहाज उड्दैछन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण अनलाइनसँग भने, ‘१२ युवाहरुको शव र घाइतेहरुलाई बुझ्न प्रधानमन्त्री विमानस्थलमै जानुहुने भएको छ ।
काबुलबाट बिहान साढे ११ बजे उड्ने भनिएपनि प्राविधिक तयारी नसकिएपछि घाइते र शवसहितको जहाज उड्न केही घन्टा ढिलो हुने भएको अफगानिस्तनमा रहेका पाकिस्तानस्थित कार्यवाहक राजदूत तीर्थराज अर्यालले बताए ।
बिहान साढे ३ बजे काठमाडौंस्थित त्रिभुवन बिमानस्थलबाट उडेको नेपाल वायु सेवा निगमको बोइङ करिब अढाई घन्टामा काबुलस्थित विमानस्थलमा अवतरण गरेको थियो ।
सोमबार बिहान ५ बजेर ४० मिनेटमा कम्पनीबाट क्यानाडेली दूतावास जाने क्रममा तालिवानले जलालावादको सडकमा आत्मघाती बम विस्फोट गराउँदा १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो ।
परराष्ट्र मन्त्रलायले घाइते र मृतक लिन गएको जहाजबाट नेपाल फर्कन चाहने अन्य नेपालीलाई पनि लिएर आउने जनाएको छ ।
शव तथा घाइतेहरुलाई नेपाल ल्याउने प्रक्रियाका लागि मंगबालर पाकिस्तानस्थित कार्यवाहक राजदूत तीर्थराज अर्याल काबुल पुगिसकेका छन् ।
उनले त्यहाँबाट नेपाल फर्कन चाहने अन्य नेपालीलाई पनि ल्याउने पहल गरिरहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।

शवहरु नेपाल ल्याएपछि गृहमन्त्रालयले सम्बन्धित व्यक्तिहरुका घरघरमै पुर्याइदिने जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget