Websoft University

www.radiomakalu.com || 021-522512


आफ्नै श्रीमती बलात्कारको अभियोगमा तीन वर्षको जेल सजाय



जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले वस्नेतलाई यस्तो सजाय सुनाईएको हो ।

श्रीमानले मदाक पदार्थ सेवन गरी पटक आफुमाथि कुटपिट तथा जबरजस्ती गर्दै आएको भन्दै पीडकका श्रीमतीले गत बैशाख ९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।

सोहि आधारमा वस्नेतलाई गत असार ५ गते बैबाहिक बलात्कारको मुद्दामा उक्त फैसला सुनाईएको जिल्ला अदालत ओखलढुंगाले जनाएको छ ।

पिडित महिलाका अनुसार मुद्दा दर्ता गर्नुअघि पटक–पटक श्रीमानलाई प्रहरीमा ल्याउँदा समेत बानीमा कुनै सुधार नआएपछि बाध्य भएर मुद्दा दायर गरिएको थियो ।

यस किसिमको बैबाहिक बलात्कारको अभियोगमा मुद्दा दर्ता भई जेल चलान गरिएको घटना पुर्वाञ्चलमै पहिलो पटक भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले बताए।

कानुन अनुसार बैबाहिक बलात्कारको हकमा तीन बर्ष देखि ५ बर्ष सम्मको जेल सजाय हुने ब्यवस्था रहेको छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget