Websoft University

www.radiomakalu.com || 021-522512


कपाल प्रत्यारोपणबाट अरोगिनको सेवा आरम्भ



काठमाडौं– सहज स्वास्थ्य सेवा प्रवाह र हेल्थ टुरिजम विकासको अवधारणा अघि सारेर काठमाडौंको विशालनगरमा खुलेको अरोगिन हेल्थ क्लिनिक एण्ड रिसर्च सेन्टर प्रालिले सेवा आरम्भ गरेको छ । विभिन्न १६ वटा सेवा प्रदा गर्ने उद्देश्यले सञ्चालन गरिएको अरोगिनले खुइलिएको कपालको उपचार तथा प्रत्यारोपणबाट सेवा दिन थालेको हो ।

खुइलिएको कपाल पुनः फर्काउन गरिने विभिन्न उपचारदेखि प्रत्यारोपणसम्मको सेवा आफूहरुले दिने क्लिनिकका म्यानेजिङ डाइरेक्टर रोशन पाण्डेले बताए । उनले भने, ‘सबैको झरेको कपाल प्रत्यारोपण मात्रै गर्न पर्दैन । अन्य उपचार विधि अपनाएर पनि फर्काउन सकिन्छ । प्रत्यरोपण गर्नुपर्नेको मात्रै गरिन्छ ।’

आफ्नो कपाल प्रत्यारोपण गर्नुपर्ने वा अन्य उपचारले पुग्ने विषयमा अरोगिन पुगेर चिकित्सकसँग निःशुल्क सल्लाह लिन सकिनेछ ।

विश्वमै प्रचलित पछिल्लो समयको प्रविधिबाट कपाल प्रत्यारोपण सेवा दिइने पनि उनले बताए । एकपटक प्रत्यरोपण गरेपछि जीवन पर्यन्त ढुक्क हुन सकिने हुनाले विश्वमै यसप्रति आकर्षण बढिरहेको छ ।

त्यसैले नेपाललाई हेयर ट्रान्सप्लान्टका लागि विश्वकै गन्तब्य बनाउने आफूहरु अघि सरेको निर्देशक पाण्डेले बताए । उनले भने, ‘कम खर्चमा कपाल प्रत्यारोपण पनि गर्न सकिने र घुम्न पनि पाइने भएकाले यो सेवाका लागि नेपाल राम्रो गन्तब्य हुन सक्छ ।’

अरोगिनले नेपाल बाहिर बसिरहेका नेपालीको कपाल प्रत्यारोपण बढी केन्द्रीत गरेको छ । देश बाहिर बसिरहेको नेपालीलाई कपाल प्रत्यारोपण पछि अर्काे अफर दिइएको छ । ‘यदि बाहिर बसेका नेपालीले आफूले प्रत्यारोपण गराएपछि कुनै विदेशीलाई पनि नेपाल पठाउनुहुन्छ भने उहाँले आफ्नो प्रत्यारोपण गराउँदा तिर्नुभएको रकम फिर्ता गर्ने योजना बनाउँदैछौं,’ उनी भन्छन् ।

नेपाललाई कपाल प्रत्यारोपणका लागि गन्तब्य बनाउनका लागि विश्वसनीयता जरुरी हुन्छ । जसका लागि यो सेवा उपलब्ध गराउनेहरुको एकता र ऐक्यबद्धता जरुरी रहेको उनी बताउँछन् । ‘गुणस्तर कायम राख्न सेवा प्रदायक नै अघि बढ्नुपर्ने भएकाले नेपालका सबै प्रत्यारोपण सेवा प्रदायकसँग हातेमालो गर्न खोजिरहेका छौं,’ पाण्डेले भने ।

अरोगिनले कपाल प्रत्यारोपणको शुल्क किस्ताबन्दीमा लिने योजना पनि अघि सारेको छ । एकैचोटी आर्थिक भार बेहोर्न नपरोस् भनेर नबिल बैंकसँग सहकार्य गर्दै यस्तो सेवा सुरु गरेको अरोगिनका सिइओ कृष्ण राजा महतले बताए ।

अरोगिनमा फोलिक्युलर युनिट एक्स्ट्रयाक्सन(एफयुई) विधिबाट कपाल प्रत्यारोपण गरिने पनि उनले बताए । जुन प्रत्यारोपणको विश्वमै आधुनिक तरिका हो । यसमा एक–एक फोलिसीस युनिट अथवा ग्राफ्टलाई टाउको पछाडिको भाग वा दाह्रीबाट निकालिन्छ । कपाललाई निकालेर स्टोर नगरी तुरुन्तै प्रत्यारोपण गरिन्छ । यसले कपाल मर्ने संभावना कम हुन्छ ।

कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडिपट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ भनिन्छ त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ ।

अरोगिनले यसबाहेक बिर्सिने वा भुल्ने समस्या रहेकालाई मेमोरी क्लिनिक, लिभर क्लिनिक, स्पेशल खोपहरु, ट्राभल मेडिसिन जस्ता १६ प्रकारका सेवा पनि दिनेछ ।- -स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget