Websoft University

www.radiomakalu.com || 021-522512


सरकारले सस्तो लोकप्रियता देखायो–सभापति देउवा

नेपालगन्ज,  असार २ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सस्तो लोकप्रियता प्राप्तिको दिशामा वर्तमान सरकार क्रियाशील देखिएको बताउनु भएको छ । नेपाली काँग्रेस जुम्लाका सभापति मानव सेजुवालको शालिक अनावरण गर्न त्यसतर्फ जाने क्रममा हिजो बिहान नेपालगन्ज विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले भूकप्प प्रभावितको पुनःस्थापना, मधेस आन्दोलन र जनताको जनजीविकालाई सरकारले सम्बोधन नसकेको आरोप लगाउनुभयो ।




‘जनताको परिवर्तनप्रतिको चाहना र भावना बुझेर सरकारले काम गर्नुपर्ने सुझाव दिँदै सभापति देउवाले संविधानको कार्यान्वयनमा आप्mनो दल सधैं एक पाइला अघि रहन्छ भन्नुभयो । मौसम अनुकूल नभएपछि जुम्लाको उडान अवरुद्ध हुँदा देउवा नेपालगन्जमै रोकिनुभएको छ ।


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget