Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचनबाट कांग्रेस डरायो'

काठमाडौँ, असार ४ गते। एमाले नेता माधवकुमार नेपालले सरकारले घोषणा गरेको निर्वाचनदेखि काँग्रेस डराएको आरोप लगाएका छन् । उनले डराएरै कांग्रेसले विभिन्न बहाना गरिरहेको बताए । प्रेसचौतारी नेपाल तनहुँले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनका लागि निर्वाचनमा नगई नहुने उल्लेख गरे ।



'काँग्रेस सभापतिले दिएको अभिव्यक्तिले निर्वाचनबाट डराएको प्रष्ट हुन्छ' उनले भने । आर्कषक र आर्थिक विकासको बजेट ल्याएकोले प्रतिपक्षा काँग्रेस निर्वाचनदेखि डराएको उनले टिप्पणी समेत गरे ।

निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उनले बताए । एमाले व्यास नगर कमिटिको नवौं अधिवेसनको लागि नेता नेपाल दमौली आएका हुन् ।

सरकारले ल्याएको बजेटलाइ पनि उनले अहिले सम्मकै नमूना र उत्कृष्ट भने । 'एमाले नेतृत्वमा २०५१ सालमा आएको बजेट जस्तै अहिलेको पनि उत्कृष्ट छ' उनले भने, 'राजनीतिक क्रान्तिमा अगुवाइ गरेको एमालेले अवको आर्थिक क्रान्तिको पनि अगुवाइ गर्छ ।'

अर्को प्रसंगमा नेता नेपालले एमालेको वर्तमान सरकारलाइनै राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखे । उनले सरकार र निर्वाचनमा सहकार्य नगर्ने दल जनताको आँखाबाट विश्वास गुमाउनेे समेत बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget