Websoft University

www.radiomakalu.com || 021-522512


एम्बुलेन्स दुर्घटनामा पाँच घाइते

सिरहा, जेष्ठ २१ गते  । पूर्व पश्चिम राजमार्ग अन्तरगत सिरहाको लहानमा बिहिबार राती एक एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन। 

पूर्वबाट पश्चिमतर्फ जादै गरेको रौताहा सामाजिक सेवा समिति, उदयपुरको स. २ च ४९६ नम्बरको एम्बुलेन्स राती १० बजेतिर लहान नगरपालिका ३ स्थित राजमार्गमा अनियन्त्रित भई पल्टिएको हो। 

घाइतेहरुमा उदयपुर रौताहा ९ बस्ने ४३ वर्षिय भरतराज तामाङ, सोही ठाउँ बस्ने १९ वर्षिय सुभाष तामाङ, १८ वर्षिया शोभा तामाङ, १५ वर्षिय राम बहादुर श्रेष्ठ र उदयपुर चिलाउने ४ बस्ने १९ वर्षिय उमेश लामा रहेका छन्।

 उनीहरुको हात र खुट्टामा सामान्य चोट लागेकोले उपचारकालागी सप्तऋषि हस्पिटल लहान लगिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। एम्बुलेन्स इलाका प्रहरी कार्यालय लहानमा रहेको छ भने चालक फरार भएकाले खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget