Websoft University

www.radiomakalu.com || 021-522512


ह्वावेको वाई ३ आईआई स्मार्टफोन बजारमा


ह्वावेको नयाँ स्मार्ट फोन ‘वाई ३ आईआई'


काठमाडौं: इन्ट्री लेबलका नेपाली स्मार्ट फोन प्रयोगकर्तालाई लक्षित गरेर ह्वावे उपभोक्ता व्यवसाय समूहले नयाँ स्मार्ट फोन ‘वाई ३ आईआई' ल्याएको छ। नौ हजार रुपैयाँमा नेपाली बजारमा उपलब्ध हुने यो स्मार्टफोन सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

वाई ३ मा क्वाडकोर प्रोसेसरका साथ एक जीबी र्याम र आठ जीबी रोम छ । यस फोनमा ५ मेगापिक्सलको ब्याक क्यामरा र २ मेगापिक्सलका फ्रन्ट क्यामरा रहेको छ, जसले ग्राहकको फोटो खिच्ने अनुभवलाई निकै रमाइलो बनाउने कम्पनीले जनाएको छ।

यो फोनमा रेन्बो लाइटले नोटिफिकेसन आउँदा र ब्याट्री कम हुँदा क्यामराको वरिपरि विस्तारै फ्ल्यास् लाइट बल्न मद्दत गर्नेछ। साथै यस स्मार्टफोनमार्फत प्रयोगकर्ताले आफ्नो मुडअनुसार लाइट सेट गरी अरूको फोनमा कोड मेसेज पनि पठाउन सक्ने कम्पनीले जनाएको छ।

यस फोनमा सुपर स्पिकरमा ८६ डीबीसम्मको क्षमता रहेको छ, जसले ठूलो र उच्चस्तरीय साउन्ड क्वालिटीको अनुभव प्रदान गर्नेछ। वाई ३ आईआईमा २ हजार एक सय एमएएचको ब्याट्री क्षमता छ जसले फोनलाई लामो समयसम्म पनि प्रयोग गर्ने सकिने कम्पनीले जनाएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget