Websoft University

www.radiomakalu.com || 021-522512


एमाले कर्मचारीमा कुटाकुट, बैठक स्थगित

       काठमाडौं , असार ३ गते  । आधिकारिक ट्रेड युनियनको पदाधिकारीमा को जाने भन्ने विवाद बढेपछि एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनभित्र शुक्रबार दिउँसो कुटाकुट भएको छ ।
Punya-Dhakal















पुण्यप्रसाद ढकाल
आधिकारिक ट्रेड युनियनमा पदाधिकारी र सदस्य बनेर जान चाहने आकांक्षीहरुको संख्या बढेपछि एमालेनिकट कर्मचारी संगठनमा विवाद चर्केको हो ।
विवाद चर्कदै जाँदा बबरमहलस्थित कार्यालयमा बसेको बैठकमा केही केन्द्रीय प्रतिनिधिहरुले संगठनका अध्यक्ष पुण्य प्रसाद ढकालमाथि हातपात गरेको उपाध्यक्ष केदार देवकोटाले अनलाइनखबरलाई बताए ।
विवाद र कुटाकुट भएपछि प्रतिनिधि छनौट गर्न बोलाएको बैठक स्थगित भएको छ ।
प्रतिनिधि छनोटका लागि विहीबार पनि बैठक बोलाइएको थियो । तर, अध्यक्ष ढकाल दिनभरि बैठकमै नआई भागेको ढकाल पक्षले आरोप लगाएका छन् । ढकाल पक्षले अध्यक्षमाथि कुटपिट भएको बताए पनि भोला पोख्रेल पक्षमा नेताले चाँहि बैठकमा हातपात नभएको दाबी गरेका छन् । शुक्रबार प्रज्ञा भवन कमलादीमा पेशागत महासंघको कार्यक्रम भएकाले बैठक स्थगित गरिएको पोखरेल पक्षको दाबी छ ।
आधिकारिक ट्रेड युनियनमा एमालेनिकट संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सहित ११ जना प्रतिनिधि पठाउनुपर्नेछ ।
अध्यक्षका लागि चारजनाले दाबी गरेका छन् । पुण्य ढकाल, गणेश रस्याल, लक्ष्मण खड्का र भोला पोखरेलले अध्यक्ष पदको दाबी गरेका छन् ।
त्यस्तै एमाले कोटाबाट उपाध्यक्षमा दुईजना र कोषाध्यक्षमा पाँच जनाले दाबी गरेका छन् ।
कांग्रेसले प्रतिनिधि छान्यो, माओवादी अदालत पुग्यो
महासचिवसहित ७ जनाले प्रतिनिधित्व गर्ने कांग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियनले भने प्रतिनिधि छनोट गरिसकेको छ । युनियनले सुबोध देवकोटालाई आधिकारिक ट्रेड युनियनको महासचिव बनाउने निर्णय गरेको छ ।
उता माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनले भने आफूहरुले पाउने उपाध्यक्ष पद खोसेर सचिव पद दिइएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ । -अनलाइनखबबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget