Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी केन्द्रका नेताको एनजिओलाई करोडौं रुपैयाँ अनुदान

काठमाडौँ, जेष्ठ ३२ गते । सरकारले नेकपा माओवादी केन्द्र नेतासम्बद्ध एक गैर सरकारी संस्था (एनजिओ)लाई मापदण्डबिनै करोडौं रुपैयाँ अनुदान दिदैं आएको खुलेको छ ।



द्वन्द्वपीडित क्षेत्रमा काम गर्दै आएको ‘सहिद प्रतिष्ठान नेपाल’ नामक एनजिओलाई शिक्षा मन्त्रालयले ‘द्वन्द्वपीडित शिक्षा कार्यक्रम’ शीर्षकमा मापदण्डै नबनाई बर्सेनि करोडौं रकम उपलब्ध गराउँदै आएको छ ।

मन्त्रालयबाट उपलब्ध हुने यस्तो रकम कुन शीर्षकमा, कसरी खर्च हुन्छ भन्ने अनुगमनसमेत हुँदैन । प्रष्ट नीतिबिना बाँडिने रकम चरम दुरुपयोग हुने गरेको स्रोत बताउँछ ।

प्रतिष्ठानले यो आर्थिक वर्षमा मात्रै ८ करोड पाएको संस्थालाई आगामी आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ दिने तयारी गरेको छ ।

प्रतिष्ठानका उपाध्यक्ष तथा आपूर्तिमन्त्री गणेशमान पुनले प्रतिष्ठानका नाममा यस वर्ष २५ करोड रुपैयाँ बजेट पर्ने सार्वजनिक रुपमै सुनाउँदै आएका छन् ।

मन्त्रालय स्रोतले पनि उक्त संस्थालाई आगामी आर्थिक वर्षका लागि २५ करोड बजेट दिने तयारी अन्तिम चरणमा पुगिसकेको जनायो ।

image khabar 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget