Websoft University

www.radiomakalu.com || 021-522512


संसदीय सुनुवाई समितिको सभापतिमा गुरुङ निर्विरोध निर्वाचित



काठमाडौं, असार ८ गते । संसदीय सुनुवाई विशेष समितिको सभापतिमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ बुधबार निर्विरोध निर्वाचित भएका छन् । समितिको सभापति पदमा गुरुङको मात्रै उम्मेदवारी परेको थियो ।

दलहरुबीच यसअघि नै समितिको सभापति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो ।

गुरुङलाई बुधबार नै सभामुख ओनसरी घर्तीले सपथ ग्रहण गराएकी छन् ।

गुरुङलाई सभापतिमा निर्वाचित गरियोस् भनेर सत्तारुढ एमाले सांसद गणेशमान गुरुङकले प्रस्ताव गरेका थिए भने कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले समर्थन गरेका थिए ।

सुनुवाई समिति नहुँदा न्याय परिषदले नियुक्तिका लागि सिफारिस गरेको प्रधानन्यायाधीश, न्यायाधीश तथा सरकारले नियुक्त गरेका राजदूतहरुको सुनुवाई हुन सकेको थिएन । - अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget