Websoft University

www.radiomakalu.com || 021-522512


धौलागिरिबाट बेपत्ता पर्यटक भेटाउनेलाई पाँचलाख पुरस्कार



म्याग्दीमा असार १५ गते ।  म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविर क्षेत्रबाट डेढ महिनाअघि हराएका विदेशी पर्यटकका बारेमा सूचना दिनेलाई इनामको घोषणा गरिएको छ ।

जेठ २ गतेदेखि सम्र्पकविहीन नेदरल्यान्डका कृस्टियन उइन्सललाई भेटाउनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको हो । प्रहरी, पर्यटन व्यवसायी, स्थानीय बासिन्दा, हेलिकप्टर र तालिमप्राप्त कुकुर परिचालन गरेर उइन्सलको खोजी गरिए पनि कुनै पत्तो लागेको छैन ।

उइन्सलको खोजीका लागि म्याग्दीमा आएका उनका परिवारका सदस्य र आफन्तले उनको बारेमा सूचना दिनेलाई पाँच सय डलर पुरस्कार दिने बताएका छन् । धौलागिरि आधार शिविरबाट तल इटली आधार शिविर फर्कने क्रममा उइन्सल बेपत्ता भएका थिए । स्नोयी होराइजन टे«किङ कम्पनीमार्फत उनी वैशाखको २० गते धौलागिरि बेसक्याम्प पुगेका थिए ।रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget