संखुवासभाको तामाफोकमा स्थापना गरिएको मकालु बाईन उद्योगले ऐसेलुबाट वाईन बनाउन थालेपछि संखुवासभासहित तेर्हथुम र धनकुटाको उच्च क्षेत्रका वन तथा झाडिमा पाइने ऐसेलु बिक्री हुन थालेको हो ।
वैशाख र जेठमा फल्ने ऐसेलु सिजनमा एक व्यक्तिले एक हजार किलोसम्म संकलन गर्ने गरेका छन् ।
जसको मुल्य प्रतिकेजी ६० रुपैयासम्म पर्ने गरेको छ । तीन जिल्लाबाट बार्षिक एक सय टनको हाराहारीमा ऐसेलु संकलन हुने गरेको उद्योगका म्यानेजर आसय रन्जितकारले जानकारी दिए
Post a Comment