Websoft University

www.radiomakalu.com || 021-522512


बजेटप्रति हस्तकला महासंघ असन्तुष्ट

काठमाडौँ , जेष्ठ २० गते । सरकारले हालै ल्याएको आर्थिक वर्ष ०७३–०७४ को बजेटप्रति नेपाल हस्तकला महासंघले असन्तुष्टी व्यक्त गरेको छ । 



मुलुकको प्रमुख निकासीजन्य वस्तुका रुपमा रहेको हस्तकलाको निर्यात व्यापार बृद्धि, औद्योगिक उत्पादन तथा उत्पादकत्व बृद्धि तथा निर्यातकर्तालाई नगद प्रोत्साहन उपलव्ध गराउने विषयमा वजेटमा कुनै सम्बोधन नभएको भन्दै महासंघले असन्तुष्टी राखेको हो ।

 नेपालको निर्यात व्यापारमा महत्वपूर्ण स्थान राखेको हस्तकला क्षेत्रको समस्या समाधानका लागि सरकारले कुनै पनि कुरा समेट्न नसकेको महासंघको बुझाइ छ । 

महासंघले सार्क स्तरिय हस्तकला विकास केन्द्र स्थापनाका लागि उद्योग मन्त्रालयबाट भवन निर्माणका लागि जग्गा उपलव्ध गराईसकेको र सार्क विकास कोषले यन्त्र तथा उपकरण उपलव्ध गराउने प्रतिवद्धता समेत जाहेर गरिसकेको अवस्थामा पनि बजेटले ती विषयलाई सम्बोधन गर्न नसकेको महासंघको ठहर छ । 

यस्तै, भूकम्पले क्षती पु¥याएका पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको पुर्ननिमार्णमा कालिगड, कामदार तथा कलाकारलाई कार्यस्थलमा फर्काउन पनि वजेटमा कुनै व्यवस्था नगरिएको भन्दै महासंघको ठहर छ । 

अहिले हस्तकला क्षेत्रले करीव १० अर्वको निकासी र सोही अनुपातमा आन्तरिक व्यापारका साथै ११ लाख व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको भन्दै सरकारले यसको विकास तथा प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव महासंघको छ । .ratopati.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget