Websoft University

www.radiomakalu.com || 021-522512


चर्चित खेलाडी प्रतियोगिताबाहिरै

फूटबलको विश्वकपपछि दोस्रो महत्त्वपूर्ण अन्तरराष्ट्रिय प्रतियोगिता यूरोपियन च्याम्पियनशिप (यूरोकप) २०१६ जुन १० मा फ्रान्समा शुरू हुँदैछ। २४ ओटा यूरोपेली देश सहभागी रहने यसपटकको यूरोकपमा कयौं नाम चलेका खेलाडीहरू समावेश भएका छैनन्। केही खेलाडी चोटपटक र केही कोचसँग सम्बन्ध नराम्रो भएर आफ्नो देशको टोलीमा पर्न सकेनन्। त्यस्ता केही नामहरू :
केभिन ट्र्याप (जर्मनी)

जर्मनीका २५ वर्षीय गोलकिपर केभिन ट्र्यापको नाम जर्मन टीममा छैन । सो टीममा गोलकिपरका रूपमा म्यानुअल नुयर, बण्र्ड लेनो र मार्क–आन्द्र टेर स्टेगेन छन् ।
डेजन लभर्न (क्रोएशिया)

क्रोएशियाका मुख्य डिफेण्डर डेजन लभर्नको मुख्य कोच आण्टे क्यासिकसँग त्यति राम्रो सम्बन्ध नभएपछि उनी आप्mनो देशको टीममा अटाएनन् ।
फिलिप सेण्डर्स (स्वीट्जरल्याड)

आर्सनल र फूलह्या मका पूर्वडिफेण्डर फिलिप सेण्डर्स अहिले स्वीट्जरल्याण्डकै ग्रासहप्पर जुरिच क्लबबाट पूmटबल खेलिरहेका छन् । तर, उनको नाम यसपालिको स्वीस टोलीमा समावेश छैन ।
हाभी मार्टिनेज (स्पेन)

स्पेनका २७ वर्षीय डिफेन्सिभ मिडफिल्डर मार्टिनेज यसपटकको यूरोकप नखेल्ने हाईप्रोफाइल खेलाडीमध्ये एक हुन् । स्पेनलाई सन् २०१० मा विश्वकप र सन् २०१२ मा यूरोकप जिताउन भूमिका निर्वाह गरेका यी खेलाडीलाई चोटका कारण यसपटकको यूरोकप खेल्ने स्पेनी समूहमा समावेश गरिएको छैन ।
ड्यानी वाटरड्रिङ्क (बेलायत)

लेष्टर सिटीलाई यसपटकको इङ्गलिश प्रिमियम लिगको टाइटल जिताउन महŒवपूर्ण भूमिका निर्वाह गरेका डिफेन्सिभ मिडफिल्डर ड्यानी वाटरड्रिङ्कको नाम बेलायती टीममा नपाउँदा धेरैलाई अचम्म लाग्न सक्छ । तर, समूहमा इरिक, डायर, जोर्डन हेण्डरसन र ज्याक विल्शेयरजस्ता मिडफिल्डरलाई समावेश गराइपछि कोचले अरू मिडफिल्डर राख्न मानेनन् ।
मार्काे रियुस (जर्मनी)

यसपटक यूरोकप प्रतियोगितामा सहभागी हुने जर्मन खेलाडी मार्काे रियुसको नाम छैन । चोटपटकका कारण सन् २०१४ को विश्वकप खेल्न नपाएका रियुसले खुट्टाको समस्याले यूरोकप खेल्न नपाएका हुन् ।
करिम बेलारबी (जर्मनी)

जर्मनीको टीममा मार्को रियुसको नाम नहुँदा जर्मन समर्थक खेलाडीहरू जति पीरमा परेका थिए, त्यति नै तनाव करिम बेलारबीको अनुपस्थिति पनि उत्पन्न गराएको छ ।
मारियो बालोटेल्ली (इटली)

सन् २०१२ को यूरोकपमा ३ गोल हानेर इटलीलाई फाइनलमा पु¥याएका मारियो बालोटेल्ली यसपटक इटलीको टीममा छैनन् । - आर्थिक अभियानबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget