Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रिय सहमतिपछि मात्रै चुनाव: देउवा


काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको आवरण ओढेर सत्ता साझेदार दलहरूले सर्वसत्तावादी शैली लाद्न खोजेको आरोप लगाएका छन् ।
उनले भने, ‘स्थानीय निकाय पुनर्संरचना आयोगले आगामी फागुनमा आफ्नो काम पूरा गर्दैछ । सरकार मंसिरमा स्थानीय निकायको निर्वाचन गर्छु भनेर फलाक्दैछ, के निर्वाचनका लागि निर्वाचनमात्र गर्ने हो कि साँँच्चैको निर्वाचन ? ’
प्रजातान्त्रिक विचार समाजको दसौं राष्ट्रिय महाधिवेशन शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले राष्ट्रिय सहमति कायम गरेरमात्र स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने बताए ।
‘गत संविधानसभाको दोस्रो निर्वाचनमा जनताले कांग्रेसललाई पहिलो स्थानमा पुर्याए, कांग्रेसले जनचाहनाअनुरूपको संविधान बनाएर कार्यभार पूरा गरेको छ । अब पार्टी संविधान कार्यान्वयनमा लाग्नेछ’, देउवाले भने । उनले लोकतन्त्रमा अटुट विश्वास राख्ने आफ्नो पार्टी निर्वाचनदेखि नडराउने तर सबै दलले भाग लिने वातावरण नबनेसम्म निर्वाचन हुन नसक्ने बताए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा भन्दा कसरी सत्ता जोगिन्छ भन्ने चिन्ता र चासो सरकारमा बस्ने पार्टीहरूको रहेको बताए ।
उनले भने, ‘सरकारको काम गराई हेर्दा संविधान कार्यान्वयनमा देखिँदैन, सत्तामा कसरी टाँसिरहने भन्नेमा छ ।’ कांग्रेसको सिद्धान्तले विजय प्राप्त गर्छ तर पार्टीले हारिरहेको हुन्छ किन ? भन्ने प्रश्न गर्दै वरिष्ठ नेता पौडेलले यसका लागि पार्टी विचार र सिद्धान्तले सञ्चालन हुनुपर्ने बताए । ‘कांग्रेसलाई कसैले बहुमतका नाममा एक्लै हाँक्ने प्रयास नगरे हुन्छ । पार्टी भनेको बहुमतको मात्र होइन, अल्पमतको पनि हो’, उनले भने ।

कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारका रूपमा रूपान्तरण गर्न नसकिने बताए । उनले भने, ‘मुलुकसमक्ष आएका चुनौती सामना गर्न कांग्रेस एक हुनुपर्छ । महाधिवशेनको बहुमत र अल्पमतको रागको अर्थ छैन ।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget