Websoft University

www.radiomakalu.com || 021-522512


बागबजारमा सडकमा हिँडिरहेकी युवतीमाथि छुरा प्रहार



काठमाडौं , असार ८ गते   । काठमाडौंको बागबजारस्थित पुरानो बसपार्क नजिकै एक युवती माथि छुरा प्रहार भएको छ । बिहान करिब ८ बजे हिंडिरहेको अवस्थामा दोलखा लापिङ घर भै बागबजार नै बस्दै आएकी २१ वर्षीया सुष्मा थामी माथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।


महानगरीय प्रहरी वृत्त सिंहदरवारका अनुसार आफूलाई सुष्माको श्रीमान बताउने दोलखा लापिङकै २१ वर्षीय झलकबहादुर थापाले छुरा प्रहार गरेका हुन् ।

पछाडिबाट प्रहार गरिएको छुराले सुष्माको ढाडमा गहिरो चोट लागेको छ । उनी अहिले बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी बताएको छ । उनको बागबजारस्थित मोडल अस्पतालमा उपचार भैरहेको छ ।

छुरा प्रहार गर्ने थापालाई प्रहरीले पक्राउ गरिसकेको छ । सुष्मासँग करिब २ वर्ष अगाडि आफ्नो विवाह भएको र घरायसी विवादका कारण केही महिनादेखि आफूहरु छुट्टाछुटै बस्दै आएको थापाले प्रहरीलाई बयान दिएका छन् ।- अनलाइनखबरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget