Websoft University

www.radiomakalu.com || 021-522512


चाइनाबाट आएको प्रतिनिधि मण्डलसंग व्यापार संघमा छलफल



बिराटनगर , जेष्ठ ३२ गते । मोरंग व्यापार संघले ग्लोवल एनजीओ यूनियन चाइनाबाट आएको प्रतिनिधि मण्डलसंग संघमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको थियो । उक्त अवसरमा संघका अध्यक्ष मा.पवनकुमार सारडाले प्रतिनिधि मण्डललाई संघमा स्वागत गर्दै चिनको लगानी नेपाल ल्याउँदा पर्ने कुनैपनी समस्याको समाधान गर्न मोरंग व्यापार संग संदैव तयार रहेको बताउनु भयो । यसैगरी पूर्वान्चल विकास क्षेत्र चार वटा मुलुक भारत, चिन, भुटान तथा बंगलादेशको प्रवेशद्धारको रुपमा रही आएको तथा प्रमुख औद्योगिक र व्यापारीक नगरीको रुपमा विराटनगरको पहिचान भएको बताउंदै विराटनगरको भौतिक संरचना र विकास निर्माणको कार्य द्रुतगतिमा हुंदै आएको वताउनु भयो ।




हाल मोरंग सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरुले जूट, चाउचाउ, विस्कुट, सावुन, वायर, रड, स्टील, कर्कटपाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, विजुलीको तार, जिआइपाइप, चामल, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो लगायत धेरै वस्तुहरु उत्पादन गर्दै आइरहेको संघका अध्यक्षज्यूले उक्त टोलिलाई जानकारी गराउनु भयो ।




उक्त अवसरमा ग्लोवल एनजीओ युनियन, चाइनाका भाइस प्रेसिडेन्टस् श्री चौहुइ जोनले आफु मातहतमा रहेको ७ सय औद्योगीक लागानी कर्तालाई नेपालमा लगानीका लागी ल्याउन सकिने बताएउंदै नेपाल र चाइना बिचको राम्रो सम्बन्ध भएकै कारण औद्योगीक क्षेत्र र हाइड्रेपावरमा लागनी गर्न चाइना तयार रहेको उल्लेख गर्नु भयो । यसैगरी नेपाल उद्योग स्थापनाका लागी राम्रो देश भएको समेत बताउनु भयो । नेपालबाट व्यापार गर्नका लागी चाइना, भारत भुटान र वंगलादेश नजीक रहेकोले उत्पादन बिक्रि सहजै गर्न सकिने उल्लेख गर्दै पूर्वान्चलको विराटनगर र झापामा उद्योग स्थापनाका लागि अध्ययन गर्न यस क्षेत्रको भ्रमण गर्न आएको समेत वहांले उल्लेख गर्नु भयो ।


यसैगरी उक्त कार्यक्रममा ब्लू स्काइ इन्टरनेशनल होल्डसर कम्पनी लिमिटेडका अध्यक्ष जैन लि ले नेपाल र चिन बिचको व्यापार प्रवद्र्धनका लागी आजको अन्तकृया धेरैनै महत्वपुर्ण रहेको बताएउनु भयो् । नेपालमा पावर प्रोजेक्ट लगाउन सकिने भन्दै वहांले पावर प्रोजेक्टका लागी लगानी गर्न चाइना तयार रहेको बताउनु भयो । त्यस्तै नेपालमा लोकल उत्पादन हरुलाई समेत अन्तराष्ट्यि व्यापार प्रवद्र्धन गर्न सहकार्य गर्न सकिने समेत वहांले बताउनु भयो । ३० बर्ष अघि चाइनाले नेपालकै स्थिति भोगेको बताउँदै चाइना अहिलेको आवस्थामा आइपुग्न ३० बर्ष लागेको र नेपालले चाहे चाँडै विकास हुने समेत वताउनु भयो ।


नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान वरिष्ठ उपाध्यक्ष श्री भास्करराज राजकर्णीकारले चाइनीज कम्पनी हरुले नेपालमा समेत लगानी गर्न सक्ने बातावरण रहेको बताउँदै लगानीका लागी आग्रह गर्नु भएको थियो ।


यसअघि संघका महासचिव श्री प्रकाश मुन्दडाले नेपालको औद्योगिक इतिहास, यस क्षेत्रमा स्थापना भएका उद्योगहरुको अवस्था, यस क्षेत्रमा लगानीका संभावित क्षेत्रहरु, विशेष आर्थिक क्षेत्र, एकीकृत भंसार जांचकेन्द्र, विद्युतको अवस्था लगायतका विषयमा संघद्धारा तयार गरिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी, सदस्य एवं उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget