Websoft University

www.radiomakalu.com || 021-522512


नयाँशक्तिमा चर्चियो यस्तो विवाद

काठमाडौँ, जेष्ठ ३२ गते ।नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ । पार्टीको सिद्धान्त तथा राजनीतिक प्रतिवेदनका विषयमा विवाद भएको हो ।



पार्टीको कार्यदिशा बाम राख्ने कि गैरबाम राखेर अघि बढ्ने भन्नेमा पनि नयाँ शक्तिका प्रतिनिधिहरुमा फरकफरक धारणा राखेका हुन् ।


विभिन्न १३ वटा समूह विभाजन गरेर सञ्चालित छलफल सत्रका सहभागिहरुबीच कम्युनिष्ट पृष्ठमूमिबाट आएका प्रतिनिधिहरुले वाम नै राखेर जानुपर्नेमा जोड दिएका छन् । तर, कम्युनिष्ट पृष्ठभूमिभन्दा बाहिर विपभन्न पेसा तथा व्यवसाय अँगालेर आएका प्रतिनिधिहरुले भने गैरवाम नाम राखेर जानुपर्नेमा जोड दिएका छन् ।


आजको राजधानी दैनिकमा खबर छ - छलफल सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संयोजक डा. बाबुराम भट्टराईले तत्कालका लागि बाम लोकतान्त्रिक चरित्रको सिद्धान्त अवलम्बन गरेर गए पनि आगमी वर्षभित्र उपयुक्त विकल्प खोजेर परिवर्तन गर्न सकिने बताएका थिए ।

 hamrakura.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget