Websoft University

www.radiomakalu.com || 021-522512


हजार्डको प्रेरणामा वेल्जियम क्वार्टरफाइनलमा, वेल्सको सामना गर्ने

काठमाडौं , असार १३ गते । इडेन हजार्डको प्रेरणामा बेल्जियमले हंगेरीमाथि शानदार जित हात पारेको छ । र, युरोकप २०१६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

सोमबार विहान भएको खेलमा बेल्जियमले हंगेरीमाथि ४-० को फराकिलो जित हात पारेको हो ।

बेल्जियमका विंगर हजार्डले उत्कृष्ट गोल गरे । मध्यभागबाट पाएको पासमा उनले हंगेरीका दुई खेलाडीलाई छक्याए र उनीहरुकै बीचमा निकै सुन्दर गोल गरेका थिए ।

उसले खेलमा अग्रता भने १० औं मिनेटमा नै टोबी अल्डिवेरोल्डको गोलबाट लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफको अन्ततिर मात्र सम्भव भएको थियो ।

७८ औं मिनेटमा मिची बाट्सुयीले बेल्जियमको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि नै हजार्डले शानदार गोल गरे । खेलको अन्तिम मिनेटमा यानिक करासिओले गोल गर्दै बेल्जियमलाई ४-० को जित दिलाए ।
अब बेल्जियमले सेमिफाइनलमा पुग्न वेल्सको सामना गर्नु पर्नेछ ।- अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget