Websoft University

www.radiomakalu.com || 021-522512


उच्च शिक्षा नपढेका ओलीले ज्ञान विज्ञानका कुरा गर्ने ?

भक्तपुर:, जेष्ठ २३ गते । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका नेतालाई छट्टुको सङ्ज्ञा दिएका छन् ।

'भन्ने बेलामा कम्युनिष्ट भन्ने तर काम भने कांग्रेस र एमालेभन्दा पनि खराब गर्नेहरु नेकपा माओवादी केन्द्रमा छन्', शनिबार भक्तपुरको छालिङमा गरिएको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले भने, 'एउटा भन्ने अर्को गर्ने माओवादीका साथीहरु छट्टु हुन् ।'

आक्रोशित हुँदै प्रस्तुत पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम पढेकाले ज्ञानविज्ञानका कुरा गर्न नसुहाउने तर्क गरे ।

'उच्च शिक्षा हासिल गर्न नसकेकाले प्रधानमन्त्री ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाउँदैन', प्रम ओलीको कडा आलोचना गर्दै बाबुरामले भने, 'पुरानो पार्टी भए पनि भ्रष्टाचारीलाई संरक्षण गर्ने नेपाली कांग्रेस पार्टी व्यक्तिगत स्वार्थ मात्र चाहने समूह हो । भ्रष्टलाई जेलबाट निस्कँदा एक सय २० किलोको माला लगाउने र केन्द्रीय सदस्यमा अत्यधिक मतले जिताउने जमातले देशको विकास गर्दैनन् ।'

जहिले पनि समाजवादको कुरा गर्ने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको समाजवाद फ्रिजमा राखेको आइस जस्तो भएको उनको आरोप थियो । 'उहाँको समाजवाद अब नेपालमा काम लाग्दैन', ब्यंग्य गर्दै बाबुरामले भने ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे राजनीतिक व्यवस्था आए पनि नेपाली जनताले सुख पाउन नसकेकाले आफूले नयाँ शक्तिको निर्माण गरेको उनको दाबी थियो ।

'यो छ दशकको उमेरमा रहर लागेर जनतालाई झुक्याउन मैले नयाँ शक्ति खोलेर च्याँखे थापेको होइन', उनले भने, '२१ औं शताब्दीको आवश्यकता पूरा गर्दै मुलुकलाई छोटो अवधिमा आर्थिक समृद्धितर्फ लैजानका लागि नयाँ शक्ति पार्टी खोलेको हुँ ।'

कार्यक्रममा नयाँ शक्ति नेपालका देवेन्द्र पौडेल, प्रदेश नं ३ का संयोजक बलावती शर्मा र केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईलगायतका नेताले नयाँ शक्ति जनताका लागि आवश्यक भएको जिकिर गरेका थिए । 

annapurnapost

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget